News Griha :: न्यूजगृह
सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति
सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
मादलले बजार पाएपछि जुठे बादी प्रसन्न 
मादलले बजार पाएपछि जुठे बादी प्रसन्न  घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ। उनी यस वर्षको दसैँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी रु डेढ लाख बढी आम्दानी गरेको बताउँछन्।
स्पेनमा भीषण बाढी: मृत्यु हुनेको संख्या २ सय नाघ्यो
स्पेनमा भीषण बाढी: मृत्यु हुनेको संख्या २ सय नाघ्यो गत मंगलबार भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको थियो। बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन् । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो छन् ।
भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा ?
भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा ? यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
अमेरिकी डलरको भाउ स्थिर, अन्यको अवस्था के छ?
अमेरिकी डलरको भाउ स्थिर, अन्यको अवस्था के छ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ। शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
अष्ट्रेलियालाई ११ रनले हराउँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा
अष्ट्रेलियालाई ११ रनले हराउँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।
काठमाडौंमा वायु प्रदूषण बढ्यो
काठमाडौंमा वायु प्रदूषण बढ्यो नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ।
नेपाल संवत् ११४५ प्रारम्भ
नेपाल संवत् ११४५ प्रारम्भ आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ भएको छ। आज देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदैछ। यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८००मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गरेका हुन्। 
के साँच्चै काठमाडौंमा पेट्रोल अभाव भएको होर?
के साँच्चै काठमाडौंमा पेट्रोल अभाव भएको होर? तिहारका बेला सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्।  नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार निगमका तर्फबाट कुनै समस्या छैन र पेट्रोलको भण्डारण पर्याप्त मात्रामा छ। 'निगमको तर्फबाट केही समस्या छैन।
नेवार समुदाय आज म्हः पूजा पर्व मनाउँदै
नेवार समुदाय आज म्हः पूजा पर्व मनाउँदै कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्।
आज गोरु, गोवर्द्धन र हली पूजा
आज गोरु, गोवर्द्धन र हली पूजा गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयको निर्देशन
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयको निर्देशन यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउँदै उक्त निर्देशन दिएको हो।
Weather Update