खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना मंगलबार, कात्तिक १३, २०८१

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै मंगलबार, कात्तिक १३, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो।

लहानबाट मलेसियन नागरिकसहित ४ जना पक्राउ मंगलबार, कात्तिक १३, २०८१ उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार यस्तो छ विनिमयदर मंगलबार, कात्तिक १३, २०८१ नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ मंगलबार, कात्तिक १३, २०८१ स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरूलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ।

लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै मंगलबार, कात्तिक १३, २०८१ अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा ९ बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

यी प्रदेशमा आज वर्षाको सम्भावना मंगलबार, कात्तिक १३, २०८१ मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

तिहार भोलिदेखि, यमपञ्चक आजै सुरु हुँदै मंगलबार, कात्तिक १३, २०८१ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रही त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक मङ्गलबार नै सुरु हुन लागेको हो।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने सोमबार, कात्तिक १२, २०८१ बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ। बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन्।

रवि लामिछानेको बयान सकिएको हो? सोमबार, कात्तिक १२, २०८१ सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ। सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो।

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने सोमबार, कात्तिक १२, २०८१ यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो। गत वर्ष एक लाख ५० हजार मालामात्र निर्यात भएको थियो।

लागुऔषधसहित डाक्टर पक्राउ सोमबार, कात्तिक १२, २०८१ कास्की प्रहरीले लागुऔषधसहित एक डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ४, गैह्रापाटन बस्ने २७ वर्षीय डा शास्वत कोइराला छन्।

साफ: नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक सोमबार, कात्तिक १२, २०८१ आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो।









