नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापनाशुक्रबार, असार ८, २०८०

नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बित शुक्रबार, असार ८, २०८० प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट को–को हुन् भन्ने खुलाएको छैन ।

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने बुधबार, असार ६, २०८० एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ ।

विद्युतीय गाडीमा अर्थमन्त्रीको उल्टो बाटो, इन्ट्री लेबललाई बाटो छेक्दा अटो बजारमै धक्का बुधबार, असार ६, २०८० अर्थमन्त्रीले १५ जेठमा सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत आम सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने १०० किलोवाटसम्मका विद्युतीय गाडीमा कर बढाएका छन् । उक्त क्षमताका गाडी आम सर्वसाधारणको इन्ट्री लेबलको हो । अर्थमन्त्रीको एक निर्णयले ४० लाखमा पाइने गाडीको भाउ कम्तिमा ५० लाख रुपैयाँ नाघेको छ ।

३० हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने मंगलबार, असार ५, २०८० ‘सन् २०२३ मा युक्रेनका लागि युरोपेली संघको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,’ कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।

नेटो प्लसमा आबद्ध हुन भारतलाई अमेरिकी दबाब, नेपालमा पनि पर्न सक्छ असर मंगलबार, असार ५, २०८० भारत, विश्वको शक्तिशाली राष्ट्रहरूको सैन्य गठबन्धनमा बस्ने/नबस्ने बारेमा बहस भइरहँदा नेपाल भने उग्रराष्ट्रवादको सेरोफेरोमा आन्तरिक राजनीति मै अल्झिएको छ ।
1687081156.jpg)
प्रहरीको लापर्बाहीले ज्यान गुमाउँदै निर्दोष आइतबार, असार ३, २०८० जैसी अनशन बसेको बुबाआमालाई थाहा छ । ‘नबस भन्नुहुन्छ । तर म आफैँ डिप्रेसनमा गएँ,’ उनले भने, ‘म आफैँ सोच्न सकिरहेको छैन । अहिले त मेरो अवस्था यस्तो छ, भोलि कस्तो होला ?’ यता उनलाई गोली हानेपछि सई अधिकारीले उनलाई फर्केर समेत हेरेका छैनन् । उनी भावुक हुँदै भन्छन्, ‘रुवाउनु...

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह शनिबार, असार २, २०८० साउँदले भने, ‘पेसाले शिक्षक भए पनि विद्यालयपछिको समयमा तरकारी खेती गर्दै आएको छु । तरकारी खेतीबाटै मैले वार्षिक रु चार लाख कमाउने गरेको छु ।’

रुसले आणविक हतियार बेलारुस पठायो शनिबार, असार २, २०८० रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ ।

सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग शनिबार, असार २, २०८० नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

कमलाको दुःख : तीन मिनेटको बाटो डेढ घण्टा शनिबार, असार २, २०८० ‘के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दुःख वर्षायामभरि भोग्नुपर्छ,’ उनले भने । उनले तीन मिनेटको दुरीमा पुग्ने ठाउँमा अब डेढ/दुई घण्टा समय लाग्ने बताए ।

गोरखामा भेटियो लोपोउन्मुख तामे सालक शुक्रबार, असार १, २०८० गोरखाको गण्डकी गाउँपालिका–४ फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक शुक्रबार बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।