...अनि माधव नेपालले नेपाली र बङ्गाली गीत गाएसोमबार, मंसिर १०, २०८१

आसन्न चीन भ्रमणबारे आज सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन्।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीको प्रस्तावित चीन भ्रमणः १८ गते राष्ट्रपति सीलाई भेट्ने, २० गते फर्किने सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो। राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए।

स्थानीय तह उपनिर्वाचन हुने स्थानमा मंसिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस आइतबार, मंसिर ९, २०८१ मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ।

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत नियुक्त आइतबार, मंसिर ९, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन्।

सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति आइतबार, मंसिर ९, २०८१ मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ।

एक लाख रूपैयाँ जरिवाना: एमालेले बुझेन महानगरको पत्र आइतबार, मंसिर ९, २०८१ आइतबार महानगर प्रहरीका इन्स्पेक्टर किशोरकुमार भट्टराई नेतृत्वको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर एमालेले उक्त पत्र बुझाउन अस्वीकार गरेको हो। त्यसपछि महानगर प्रहरी बलको टोली फर्किएको छ।
-1716205509.jpg)
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत आइतबार, मंसिर ९, २०८१ कांग्रेस केन्द्रीय समिति सदस्य रहेका श्रेष्ठलाई देउवाले पार्टी विधानको धारा २१ को उपधार ४ बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ।

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो आइतबार, मंसिर ९, २०८१ पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्युरो सदस्य आलोक रायमाझीले जानकारी दिए।

उपनिर्वाचन : मतपत्र छपाइको काम आज सकिँदै शनिबार, मंसिर ८, २०८१ स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम शनिबारसम्म पूरा हुने भएको छ।

देशभरका सीडीओ र प्रहरी प्रमुखलाई गृहमन्त्रीले भने- सुरक्षाकै कारण उपचुनाव नबिथोलियोस् शुक्रबार, मंसिर ७, २०८१ गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन्। देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले निर्वाचनको सुरक्षालाई सामान्य रुपमा नलिन समेत आग्रह गरे।

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री शुक्रबार, मंसिर ७, २०८१ नेकपा (एमाले) काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताए।

चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन शुक्रबार, मंसिर ७, २०८१ उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो।