News Griha :: न्यूजगृह
 स्थानीय तह उपनिर्वाचन: मौन अवधि सुरु, के गर्न पाइँदैन?
 स्थानीय तह उपनिर्वाचन: मौन अवधि सुरु, के गर्न पाइँदैन? स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, सरकारी भ्रमण टोली ३९ सदस्यीय, निजी क्षेत्रबाट ४८ जना
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, सरकारी भ्रमण टोली ३९ सदस्यीय, निजी क्षेत्रबाट ४८ जना मन्त्रिपरिषद्को बिहीबारकै बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो। सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ। निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन्। प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन्।
लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ: गगन थापा
लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले पनि हप्तामा एक पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर कांग्रेसलाई खबर पठाउने गरेको बताएका छन्।
आफ्ना उम्मेदवारले एमालेलाई समर्थन गरेपछि माओवादीले भन्यो- एकीकृत समाजवादीलाई भोट दिनू
आफ्ना उम्मेदवारले एमालेलाई समर्थन गरेपछि माओवादीले भन्यो- एकीकृत समाजवादीलाई भोट दिनू बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले गत मंसिर २ गते उम्मेदवारी दर्ता गरे पनि मंसिर ५ गते माओवादी केन्द्र र राप्रपाले उम्मेदवारी फिर्ता लिएको थियो।
आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा
आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए। गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए।
चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा
चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअघि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान गरेकी हुन्। उनले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन्। उनी मंसिर १५ गते काठमाडौं फर्किनेछिन्। प्रधानमन्त्री ओलीसँग पुन: मंसिर १७ गते चीन जानेछिन्।
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन्। मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ।
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ। ‘चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘दुई समकक्षीबीच छेङ्दुमै भेटवार्ता हुनेछ।’
जनताले विकल्प खोज्ने बेला आएको छ, एकचोटि मन र मत परिवर्तन गरौँ: राजेन्द्र लिङ्देन
जनताले विकल्प खोज्ने बेला आएको छ, एकचोटि मन र मत परिवर्तन गरौँ: राजेन्द्र लिङ्देन काठमाडौंको कीर्तिपुरमा राप्रपाले आयोजना गरेको कोणसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बन्धकबाट मुक्त हुन पनि जनताले विकल्प खोज्ने बेला आएको बताए।
प्रचण्डको अपिल : सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस्
प्रचण्डको अपिल : सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस् उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र न्यायको पक्षमा, भ्रष्टाचार र सबैखाले विभेदको विपक्षमा काम गर्नुका साथै देशलाई आर्थिक संकटबाट माथि उठाउने काम गरेको जिकिर गरे। मुलुकका ४४ स्थानीय तहमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए। सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
Weather Update