कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुनेआइतबार, मंसिर १६, २०८१

आउन थाल्यो नतिजा, कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित आइतबार, मंसिर १६, २०८१ कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन्।

यी हुन् मङ्सिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आइतबार, मंसिर १६, २०८१ मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल सरकार र गणतन्त्र फिनल्याण्डबीच हुने ‘फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजना’ विषयक खाका सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

१५ वडाको मतगणना मतदानस्थलमै हुने, अरूको कहाँ हुन्छ ? आइतबार, मंसिर १६, २०८१ निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ। आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, आज सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु आइतबार, मंसिर १६, २०८१ मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन्।

निर्वाचनमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलनलगत्तै गणना आइतबार, मंसिर १६, २०८१ नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्। मतपेटिका सङ्कलनपछि दलीय सहमतिमा मतगणना अघि बढ्ने आयोगले जनाएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी पूरा, सोमबार दिउँसो बेइजिङ उत्रने आइतबार, मंसिर १६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक ४ दिने चीन भ्रमणको तयारी पूरा भएको बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले बताएका छन्। राजदूत ओलीले प्रधानमन्त्री ओली सोमबार दिउँसो बेइजिङ उत्रने र त्यसपछि मंगलबार द्विपक्षीय भेटघाटमा व्यस्त रहने न्यूजगृहुँगको कुराकानीमा जनाए।

स्थानीय तह उपनिर्वाचन अपडेट: ५० प्रतिशत भन्दा बढी मत खस्यो आइतबार, मंसिर १६, २०८१ मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ।आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो।

स्थानीय तह उपनिर्वाचन: १० बजेसम्म कति खस्यो मत? आइतबार, मंसिर १६, २०८१ स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो। निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अहिले बिहान १० बजेसम्म १५ देखि २० प्रतिशतसम्म मत खसिसकेको छ।

काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना सुरु हुने, कहिले आउँछ परिणाम? आइतबार, मंसिर १६, २०८१ उपनिर्वाचन हुन लागेको काठमाडौंको चार वटै स्थानमा मतदान जारी छ। काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिका मेयर तथा कीर्तिपुर-१ र ४ को वडाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी आइतबार, मंसिर १६, २०८१ मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

स्थानीय तह उपनिर्वाचन: शान्तिपूर्ण रूपमा मतदान हुँदै आइतबार, मंसिर १६, २०८१ स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ।

स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु आइतबार, मंसिर १६, २०८१ नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो। निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।