प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचीशुक्रबार, असार १, २०८०

जसपाले बोलायो विधान अधिवेशन तयारी बैठक शुक्रबार, असार १, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सभापति देउवाले मनोनयन गरे प्रचार विभागमा ३९ जना बिहीबार, जेठ ३२, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा सञ्चारसम्बद्ध व्यक्तिहरूलाई मनोनयन गरेका छन् ।

प्रदीप पौडेलको प्रश्न : बजेटमात्र होइन चाहिएको सुशासन हो, सुशासनमा बजेट किन परेन ? बिहीबार, जेठ ३२, २०८० नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले बजेटभित्र सुशासनको कार्यक्रमहरू नपर्नु प्रश्नयोग्य विषय भएको बताएका छन् ।

न्यायका लागि मधेसीलगायत उत्पीडित जनता लड्नु आवश्यक : राजेन्द्र महतो बिहीबार, जेठ ३२, २०८० लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नुले राज्य विश्वस्तरमा कलंकित भएको बताएका छन् ।

पाँच लाखभन्दा कमका योजना संघमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे बिहीबार, जेठ ३२, २०८० गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले बजेटमार्फत साना योजना विनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अग्रीम जानकारी गराउँदा पनि संघ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै रु पाँच लाख मुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारे ।

चित्रबहादुर केसीको प्रश्न : बजेट कम भएका जिल्लाका सांसद कुन मुख लिएर जाने ? बिहीबार, जेठ ३२, २०८० बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे ।

शक्तिमा बसेकाहरूलाई देवत्करण गर्ने प्रवृत्तिले रूपान्तरणको सम्भावना असम्भव : सांसद केसी बिहीबार, जेठ ३२, २०८० नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शक्तिमा बसेकाहरूलाई देवत्करण गर्ने प्रवृतिले देशमा पक्षपातवाद र भ्रष्टाचार झनै मौलाएर जाने बताएका छन् ।

सांसद आले भन्छन्— किराती ‘स्टन्ट’ मन्त्री हुन् बिहीबार, जेठ ३२, २०८० सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो प्रचार गरेको दाबी गरे ।

आलु प्याजको भ्याट खारेज गर्न सांसद सिंहको माग बिहीबार, जेठ ३२, २०८० सांसद डा. अमरेशकुमार सिंहले आलु प्याजमा भ्याट लगाएर सरकारले गौरवशाली इतिहास कायम गरेको टिप्पणी गर्दै जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने यस्ता निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड बिहीबार, जेठ ३२, २०८० नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उनीहरूले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न सबै पक्षको ध्यानाकर्षण गराए ।

भारतीय नक्सामा नेपाली भूमि समेटिएकोमा सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : सांसद पन्त बिहीबार, जेठ ३२, २०८० उनले भने, ‘यस्तो नक्साप्रति हाम्रो मौनता देशको स्वाधीनताप्रति को बेवास्ता हो । त्यसैले यस्तो नक्साप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसद्लाई जानकारी दिन माग गर्दछु ।’

प्रेम आलेको व्यंग्य– पर्यटनमन्त्रीको सहयोगमा अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपति छिर्यो बिहीबार, जेठ ३२, २०८० नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथतिर छिरेको भन्दै व्यंग्य गरेका छन् ।


1683726652.jpg)






