‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित बिहीबार, मंसिर ६, २०८१

यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बिहीबार, मंसिर ६, २०८१ आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बालकुमारीमा आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट बिहीबार, मंसिर ६, २०८१ स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावट भएर गएराति आगलागी भएको थियो। आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ।
-1715843430.jpg)
राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति रहने गरी संविधान संशोधन हुन्छ : सभापति देउवा बुधबार, मंसिर ५, २०८१ बुधबार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको ३५ औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओली जोडिएको विषयमा छानबिन गर्न रास्वपाको माग बुधबार, मंसिर ५, २०८१ रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ।
-1732108424.jpg)
२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एअरलाइन्स कम्पनीलाई पर्यटनमन्त्रीको निर्देशन बुधबार, मंसिर ५, २०८१ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाइएको छलफलमा मन्त्री पाण्डेले बिक्री गरेको टिकटको मूल्य बिहीबार अपरान्ह ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्।

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित बुधबार, मंसिर ५, २०८१ नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

औषधि बेच्नेले नाम र पदसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने बुधबार, मंसिर ५, २०८१ औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ। नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो।

आफूलाई 'अन्डरकभर एजेन्ट' बताएर रकम असुली गर्ने डाक्टर पक्राउ बुधबार, मंसिर ५, २०८१ आफूलाई अन्डरवर्ल्ड नेटवर्कको 'अन्डरकभर एजेन्ट' बताएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा आशिष दाहाल छन्।

लरेन्स विश्नोईको नाममा धम्की दिएको भन्दै सीआईबीमा चार जनाको जाहेरी बुधबार, मंसिर ५, २०८१ उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की व्यवहोरासहित सीआईबीमा जाहेरी दिएको ब्युरोका एसपी होविन्द्र बोगटीले बताए। उनका अनुसार, यो मामलामा प्रहरीले एक साता अघिबाटै अनुसन्धान गरिरहेको छ।

सहकारी ठगी प्रकरणमा रविसहित १० जनाविरुद्ध चितवनमा पनि पर्यो जाहेरी बुधबार, मंसिर ५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको हो। चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गरे।
-1718355574.jpg)
अमेरिकाले युक्रेनलाई बारुदी सुरूङ उपलब्ध गराउने बुधबार, मंसिर ५, २०८१ युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो। रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये चारवटालाई रुसी प्रतिरक्षा प्रणालीले निस्तेज पारेको रुसले जनाएको छ।

अन्ततः सर्ने भयो आयल निगमको सिनामंगल डिपो बुधबार, मंसिर ५, २०८१ नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ। मन्त्रिपरिषद्ले २०८१ साउनमा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही अनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ।









