News Griha :: न्यूजगृह
रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार
रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ।
सरकारको लेखापरीक्षण प्रतिवेदन अर्थ मन्त्रालयमा पेस: झण्डै १५ अर्ब बेरुजु
सरकारको लेखापरीक्षण प्रतिवेदन अर्थ मन्त्रालयमा पेस: झण्डै १५ अर्ब बेरुजु महालेखा नियन्त्रणको कार्यालयले आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षण प्रतिवेदन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष पेस गरेको छ।
घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी पक्राउ
घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी पक्राउ सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे पक्राउ परेका छन्।
सकिएन रवि लामिछानेको बयान, भोलि पुन: लिइने
सकिएन रवि लामिछानेको बयान, भोलि पुन: लिइने सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान स्थगित गरिएको छ।मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको मङ्गलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको हो।
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
मानव तस्करी प्रकरण: नक्कली कागजात बनाउनमा संलग्न दुई जना पक्राउ 
मानव तस्करी प्रकरण: नक्कली कागजात बनाउनमा संलग्न दुई जना पक्राउ  परिसरले सुरुमा यसको अनुसन्धान कीर्ते कसुरमा अघि बढाएको थियो। तर पूर्वमन्त्री एवं कोशी प्रदेश सांसद समेत रहेका अधिकारी पक्राउ परेसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान अघि बढाएको हो।
रविसँग बयान जारी, सहकारी पीडित र रास्वपा कार्यकर्ता प्रदर्शनमा 
रविसँग बयान जारी, सहकारी पीडित र रास्वपा कार्यकर्ता प्रदर्शनमा  सहकारी पीडितले हाम्रो रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर आन्दोलन गरिरहेका छन्। बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको आरोप छ।
बक्यौता नतिर्ने उद्योगको बिजुली जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नतिर्ने उद्योगको बिजुली जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णयविरुद्ध मङ्गलबार अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन्। रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको कँडेलले जानकारी दिए।
स्कुल बसको ठक्करबाट घाइते भएका विद्यार्थीको मृत्यु 
स्कुल बसको ठक्करबाट घाइते भएका विद्यार्थीको मृत्यु  सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमन्ड इङ्ग्लिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा डायमन्ड स्कुलमै अध्ययनरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो।
दीपक मनाङे २ वर्ष ४ महिना १ दिन कारागारमा बस्ने
दीपक मनाङे २ वर्ष ४ महिना १ दिन कारागारमा बस्ने मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो।
शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार
शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार  बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको हो। पूर्वप्रधानमन्त्री हसिनाले प्रदर्शनकारीको हत्या गरेको कसुरमा मंगलबार रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको एसोसिएटेड प्रेसले जनाएको छ।
महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय
महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो। 
Weather Update