News Griha :: न्यूजगृह
अमेरिकी डलर साट्ने बहानामा नौ लाख ठगी, दुई जना पक्राउ
अमेरिकी डलर साट्ने बहानामा नौ लाख ठगी, दुई जना पक्राउ पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा निवासी वर्ष २६ को ललित बहादुर पाईन र वर्ष २४ का कृष्ण लाल पाईन रहेका छन्।
रास्वपामा उम्मेदवारी हस्ताक्षरको अधिकार कार्यवाहक महामन्त्रीलाई
रास्वपामा उम्मेदवारी हस्ताक्षरको अधिकार कार्यवाहक महामन्त्रीलाई पार्टीको सचिवालय बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई उक्त अधिकार दिने निर्णय गरेको हो। योसँगै पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
१६ लाख किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप निःशुल्क लगाउने निर्णय
१६ लाख किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप निःशुल्क लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्। खोप लगाउनेबारे मंगलबार मन्त्रिस्तरीय निर्णय भएको हो। आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। अभियान १५ दिनसम्म चल्नेछ।
नागढुंगा–सिस्नेखोला सडक बिहीबारबाट आंशिक रुपमा बन्द हुने
नागढुंगा–सिस्नेखोला सडक बिहीबारबाट आंशिक रुपमा बन्द हुने सुरुङ अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाका सूचना अधिकारी एवं उपआयोना निर्देशक सन्जय पन्थीले बताए।
शेयर बजार २७३४ अंकमा झर्‍यो, ४ प्रतिशत बढ्यो फाइनान्स
शेयर बजार २७३४ अंकमा झर्‍यो, ४ प्रतिशत बढ्यो फाइनान्स बुधबार शेयर बजारको परिसूचक नेप्से १४.१२ अंक घटेको छ। सो अंकको कमीपछि २७३४ मा कायम भएको छ। बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ। अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भयो।
उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे हामी फेरि आफ्नै प्रक्रियामा लाग्नेछौं : घिसिङ
उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे हामी फेरि आफ्नै प्रक्रियामा लाग्नेछौं : घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता  विवादमा अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि आफ्नै प्रक्रियामा लाग्ने बताएका छन्।  
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको एसपी होविन्द्र बोगटीले बताए। गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दाङमा विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने
दाङमा विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने दाङको शान्तिनगर गाउँपालिका २ मा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरमा विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकहरूका लागि पनि जंकफुड  निषेध गरिएको छ। जंकफुड खाएर विद्यार्थीहरू धेरै बिरामी हुन थालेपछी विद्यालयमा समिति  नै गठन गरेर जंकफुड  निषेध गरिएको हो।
डेङ्गुबाट कृषि वैज्ञानिक पौडेलको मृत्यु
डेङ्गुबाट कृषि वैज्ञानिक पौडेलको मृत्यु धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डाक्टर कृष्ण पौडेलको डेंङ्गुको संक्रमणका कारण मृत्यु भएको छ। 
कोप के हो?, यस्ता छन् कोप–२९ का प्राथमिकता
कोप के हो?, यस्ता छन् कोप–२९ का प्राथमिकता अजरबैजानको राजधानी बाकुमा अहिले करिब २०० देशका प्रतिनिधिहरु विश्वव्यापी जलवायु वार्ताका लागि भेला भएका छन्। जलवायु परिवर्तन ग्रहको रक्षामा गम्भीर चुनौती बन्दै गएको छ। पृथ्वीको बढ्दो तापमान बृद्धिसँगै जलवायु जन्य विपद्को संकट सामना गर्न कठिन बन्दै गएको छ।
उपचुनावमा विचार मिल्नेहरूसँग गठबन्धन गर्दै एकीकृत समाजवादी
उपचुनावमा विचार मिल्नेहरूसँग गठबन्धन गर्दै एकीकृत समाजवादी समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो।
प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा
प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्।परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। 
Weather Update