आजदेखि मंसिर ७ सम्म नागढुंगा सडक आंशिक बन्द बिहीबार, कात्तिक २९, २०८१

निर्मला पन्त प्रकरण: एआईजी थापाको नेतृत्वमा बन्यो नयाँ समिति बिहीबार, कात्तिक २९, २०८१ कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान समिति बनाएपनि निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको छ।

डडेलधुरामा आरजुलाई स्वागत गर्न फूलमालासहित उपस्थित हुन कांग्रेसको सर्कुलर बिहीबार, कात्तिक २९, २०८१ परराष्ट्र मन्त्री डा आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर जारी गरेको छ।

नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्री ओलीको निर्देशन बिहीबार, कात्तिक २९, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न निर्देशन दिएका छन्।नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति सो क्षेत्रका जनप्रतिनिधिहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विश्वसनीय निर्माणको काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोडेर विकल्प खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई निर्देशन दिएका हुन्।

जुवा तास खेलिरहेका ७ जना पोखराबाट पक्राउ बिहीबार, कात्तिक २९, २०८१ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार गौमाया गुरुङको घरबाट उनीहरूलाई १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ गरिएको हो।

रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मङ्सिर ३ गते पेसी बिहीबार, कात्तिक २९, २०८१ अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन्। यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ।
-1731567528.jpg)
ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु बिहीबार, कात्तिक २९, २०८१ ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ब्राजिलको सर्वोच्च अदालतको भवनबाहिर बुधबार साँझ विस्फोट भएको हो।

सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह बिहीबार, कात्तिक २९, २०८१ केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपालीहरू जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न भनेको हो।

तोलामा २२ सयले घट्यो सुनको मूल्य बिहीबार, कात्तिक २९, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ।

जाडो छल्न आगन्तुक चरा चितवनमा बिहीबार, कात्तिक २९, २०८१ जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ। चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइबेरिया, रुस लगायतका देशबाट चराहरू यहाँ आएका हुन्।

विश्वकै छैटौँ प्रदूषित शहर बन्यो काठमाडौं बिहीबार, कात्तिक २९, २०८१ राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो।

भैरहवामा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी बिहीबार, कात्तिक २९, २०८१ पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो। हिजो १० घण्टा बयान लिइएको थियो। रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए।
-1731558653.jpg)
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन बिहीबार, कात्तिक २९, २०८१ काठमाडौंको ग्राण्डी अस्पतालमा डेङ्गुको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए।









