News Griha :: न्यूजगृह
धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो
धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो  सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ। यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । अब  मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि बोलाइएको हो।
पृथ्वीराजमार्ग छिर्कने-देउराली सडकखण्ड ४ घण्टा अवरुद्ध हुने
पृथ्वीराजमार्ग छिर्कने-देउराली सडकखण्ड ४ घण्टा अवरुद्ध हुने मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
दुई प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु
दुई प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या
भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या वृद्धा महिला घरमा एक्लै भएको मौका छोपेर चोरी गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपि, प्रहरीले हत्या सम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद घिमिरेका अनुसार घटना केकसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान
दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सहकारीको रकम हिनामिनाको विषयमा सुरू गरिएको बयान बुधबार दोस्रो दिन पनि नसकिएको प्रहरीले जनाएको छ।गत कात्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणमा आउँदै
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणमा आउँदै भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको ५ दिने भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका अनुसार उनले मंसिर ५ देखि ९ सम्म नेपाल भ्रमण गर्न लागेका हुन्।
धनराज गुरुङसँग प्रहरीले लियो ‘बयान’
धनराज गुरुङसँग प्रहरीले लियो ‘बयान’ गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधबार मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म सोधपुछ गरेका हुन्। ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ। 
यूएईलाई हराउँदै नेपाल यू-१९ महिला विश्‍वकपमा छनोट
यूएईलाई हराउँदै नेपाल यू-१९ महिला विश्‍वकपमा छनोट नेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यू१९ टी२० महिला विश्वकपमा छनोट भएको छ। बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यू१९ महिला विश्वकपमा छनोट भएको हो।
उद्योगमा विद्युत जोड्ने मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश
उद्योगमा विद्युत जोड्ने मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विद्युत बक्यौतासम्बन्धी विवादमा परी प्राधिकरणले लाइन काटेका उद्योगको बिजुली २४ घण्टाभित्र जडान गर्न निर्णय गरेको थियो। त्यस्तै सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।
बाक्लो हुस्सु र तुवालोले सिमरा, भरतपुर, भैरहवा र सुर्खेतका उडान प्रभावित
बाक्लो हुस्सु र तुवालोले सिमरा, भरतपुर, भैरहवा र सुर्खेतका उडान प्रभावित बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ। तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन्।
काठमाडौंको जागरणसभाका लागि एमालेले बनायो संयोजन समिति
काठमाडौंको जागरणसभाका लागि एमालेले बनायो संयोजन समिति नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ।नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरणसभाको तयारीका लागि आज बसेको बैठकले ११ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो।
मूलपानीमा गाडीको ठक्करबाट बालकको मृत्यु
मूलपानीमा गाडीको ठक्करबाट बालकको मृत्यु बा ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका–१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु भएको छ।
Weather Update