News Griha :: न्यूजगृह
रुपन्देहीमा रवि लामिछानेको बयान सकियो
रुपन्देहीमा रवि लामिछानेको बयान सकियो बयान सकिए पनि त्यसलाई नम्बरिङ गरेर क्रमवद्ध गर्न, शुद्धाशुद्धी हेरेर भाषा मिलाउन जिल्ला न्यायाधिवक्तालाई समय लागेकाले पूर्वनिर्धारित फ्लाइटमा  पोखरा पठाउने समय तालिका परिवर्तन भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार मौसमले साथ दिएमा साँझ ८ बजेसम्मको फ्लाइटमा लामिछानेलाई पोखरा पठाइने छ।
काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिए
काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिए जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु र छोरा दुई महिनाका मृत भेटिएका हुन्।
गच्छदारसहितका मन्त्रीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट
गच्छदारसहितका मन्त्रीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई अभियुक्त नै नबनाएको र प्रतिवादी बनाएका मन्त्रीहरूलाई समेत अदालतले सफाइ दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन्। वरिष्ठ अधिवक्ता न्यौपानेको यो तेस्रो रिट हो।
यू–१९ विश्वकपमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार
यू–१९ विश्वकपमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार आईसीसी महिला यू१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई बधाइ दिँदै पुरस्कार दिने घोषणा गरेको हो। क्यानले नेपाली टोलीका अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्नेछ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ। शुक्रबार मध्यान्ह १२:४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्‍याइने भएको हो।
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द !
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द ! चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कामदारको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ।
भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड
भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड थाइल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाइ एअर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ।
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्म लाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो। 
राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरू पूरा गर्न सबै विकसित मुलुकहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग बिहीबार यहाँ भएको भेटवार्तामा सो आग्रह गरेका हुन्।
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र लक्ष्मीपूजालाई लक्षित गर्दै कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।
१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ। परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ।
Weather Update