दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक : एमाले शनिबार, कात्तिक २४, २०८१

जुवातास खेलिरहेका ११ जना गोकर्णेश्वरबाट पक्राउ शनिबार, कात्तिक २४, २०८१ काठमाडौंको गोकर्णेश्वरमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मानव तस्करी मुद्दामा मुछिएका सांसद अधिकारी पार्टीबाट निलम्बित शनिबार, कात्तिक २४, २०८१ मानव तस्करी मुद्दामा जोडिएपछि नेकपा एमालेका प्रदेश सांसद लिलाबल्लब अधिकारी पार्टीबाट निलम्बित भएका छन्। शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन्।

यू-१९ महिला टी-२० विश्वकप छनोट : यूएईसँग नेपाल १३ रनले पराजित शनिबार, कात्तिक २४, २०८१ कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जिताउन सकिनन्। १९औं ओभरमा आउट भएकी पूजाले ४३ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन जोडिन्। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।

मेघौलीमा गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइते शनिबार, कात्तिक २४, २०८१ चितवनको मेघौलीस्थित सामुदायिक वनमा एक सिंगे गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइते भएका छन्।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सदाबहार सामुदायिक वनमा विदेशी पर्यटकलाई घुमाउनेक्रममा गैंडाले आक्रमण गरेको हो।

काठमाडौं महानगरभित्र सञ्चालित होस्टलको अभिलेखीकरण सुरु शनिबार, कात्तिक २४, २०८१ काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको होस्टलको अभिलेखीकरण सुरु गरेको छ। महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइनेछ।

होटेल भवनको जग खन्दा धनगढीमा भेटियो बम शनिबार, कात्तिक २४, २०८१ धनगढी उपमहानगरपालिका-३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको।

महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते शनिबार, कात्तिक २४, २०८१ घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएका छ। उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ। मृतक र घाइतेहरू सबै ट्र्याक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए। दुर्घटनामा संलग्न दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पशुलाई 'निर्दयी व्यवहार' गर्ने पक्राउ शनिबार, कात्तिक २४, २०८१ गोरुलाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गरिरहेको आरोपमा एक ट्रक चालक पक्राउ परेका छन्। चन्द्रौटा–कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय ट्रक चालक कमल धामी शुक्रबार ५ बजे पक्राउ परेका हुन्।

जजिरा एअरवेजको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण शनिबार, कात्तिक २४, २०८१ विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

इलन मस्कको स्टारलिंक नेपालमा सेटेलाइट इन्टरनेट सेवा प्रदान गर्न इच्छुक शनिबार, कात्तिक २४, २०८१ विश्वका धनाढ्य इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई केही समय अघि भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले ‘नेपालमा काम गर्न इच्छुक रहेको’ बताएकी हुन्।

एमाले सचिवालय बैठक बस्दै शनिबार, कात्तिक २४, २०८१ नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

फेरि बढ्यो अमेरिकी डलर र युरोको भाउ शनिबार, कात्तिक २४, २०८१ नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ।








