सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर देवकुमारलाई लगियो कास्की अदालत आइतबार, कात्तिक २५, २०८१

फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले उपन्यासको कथा चोरेको आरोप आइतबार, कात्तिक २५, २०८१ देशभरका हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ। लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन्।

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आइतबार, कात्तिक २५, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो।

२ महिनाअघि जेलबाट छुटेका युवकको हत्या, एक व्यक्ति पक्राउ आइतबार, कात्तिक २५, २०८१ हत्या गरेर फ्याँकेको अवस्थामा चिचिला गाउँपालिका-३ स्थित भिरमा शव भेटिएको प्रहरीले जनाएको छ। सडेगलेको अवस्थामा शव फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए। उनकाअनुसार भीरमा शव रहेको शनिबार साँझ थाहा भएको थियो।

मानव तस्करको जालोमा परेर बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ आइतबार, कात्तिक २५, २०८१ मानव तस्करको जालोमा परेर विभिन्न देश हुँदै बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ परेका छन्। उनीहरूलाई तीन महिना अगाडि नै बुल्गेरिया प्रहरीले पक्राउ गरेको खुलेको छ।

सडक कालोपत्र गर्न लाग्यो ३१ वर्ष आइतबार, कात्तिक २५, २०८१ व्यास नगरपालिका-११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ। सडक खुलेको ३१ वर्षमा कालोपत्र हुन लागेको हो।

रवि लामिछानेलाई म्याद थपका लागि अदालत पुर्याइयो आइतबार, कात्तिक २५, २०८१ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदातल पुर्याइएको छ।

हिरासतमा रहेका थुनुवा फरार आइतबार, कात्तिक २५, २०८१ लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका-९ मुर्तियाका रामअयोधी मुखिया शनिबार दिउँसो फरार भएका हुन्।

प्रचण्डको आशंका: सरकारले एसपीपी सम्झौता गर्नसक्छ आइतबार, कात्तिक २५, २०८१ तत्कालीन सैनिक प्रवक्ता नारायण सिलवालले भनेका थिए, ‘त्यतिबेला नेपाल महाभूकम्पबाट आक्रान्त थियो, उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएका थिए। त्यतिबेला बाहिर देशको सेनाका सदस्यले नेपालमा वीरगति पनि प्राप्त गरेका थिए। त्यो सन्दर्भमा विपद्का बेला नेपाली सेना नै अन्तिम स्रोत रहेछ भन्ने भान भयो र क्षमता अभिवृद्धिका लागि...

रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै आइतबार, कात्तिक २५, २०८१ सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन: अदालत पेस गर्दैछ। जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन: अदालतमा उपस्थित गराइन लागेको हो ।

म्यानचेस्टर सिटीको लगातार दोस्रो हार आइतबार, कात्तिक २५, २०८१ फाल्मर स्टेडियममा २३ औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दा सिटी पहिलो हाफमा १-० ले अगाडि थियो। ७८ मिनेटमा जोआओ पेड्रोले बराबरी गोल फर्काए। लगत्तै ८३ मिनेटमा ब्राइटनकै म्याट औ रिलीले एक गोल थपेपछि सिटी पछि परेको थियो।

यू–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने आइतबार, कात्तिक २५, २०८१ नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३:१५ बजे सुरु हुने छ। गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

कोप-२९ मा सहभागी हुन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै आइतबार, कात्तिक २५, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।









