सर्वोच्चमा दुई न्यायाधीश थपिए, चार अझै रिक्त सोमबार, कात्तिक २६, २०८१

दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच सोमबार, कात्तिक २६, २०८१ नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन्। फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ।

वर्षा र हिमपातको सम्भावना सोमबार, कात्तिक २६, २०८१ देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक, लाइन काटिएका उद्योगमा बिजुली जोडिदै सोमबार, कात्तिक २६, २०८१ सरकारले विद्युत् महसुल बक्यौता विवाद समाधानका लागि गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिकसँगै कार्यान्वयन गर्ने निर्णय गरेको हो। यसअघि कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।

सिरहा कारागारमा कैदीहरूले रक्सी खाएको घटनाको छानबिन गर्न समिति गठन आइतबार, कात्तिक २५, २०८१ सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो।

मन्त्री हेरफेर गर्ने ‘मुड’मा प्रधानमन्त्री आइतबार, कात्तिक २५, २०८१ ‘मन्त्रिपरिषद् हेरफेरको तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘कोको मन्त्रीको जिम्मेवारी हेरफेर हुन्छ भन्ने तयारी उहाँ (प्रधानमन्त्री)ले गरिरहनुभएको छ।’ स्रोतका अनुसार, एकदुई दिनमै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिनेछन्। मन्त्रिपरिषद्लाई थप मजबुत बनाउन यस्तो तयारी भएको प्रधानमन्त्री ओली निकट एक नेताले जानकारी दिए। गत असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका...

मन्त्रिपरिषद् बैठक जारी आइतबार, कात्तिक २५, २०८१ सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक हुँदै आएको छ। भोलि (सोमबार) प्रधानमन्त्री ओली काठमाडौं उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले आज मन्त्रिपरिषद् बैठक बसेको सचिवालयले बताएको छ।

कालीकोट दुर्घटना अपडेटः मृतक ६ जनाको सनाखत आइतबार, कात्तिक २५, २०८१ दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दशकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो।

महिला यू-१९ विश्वकप क्रिकेट छनोट : थाइल्यान्डमाथि नेपालको लगातार दोस्रो जित आइतबार, कात्तिक २५, २०८१ यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले थाइल्यान्डमाथि लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको हो।

कोशीका सांसद अधिकारीसहित ७ जनाविरुद्ध मानव बेचबिखनमा पनि अनुसन्धान सुरु आइतबार, कात्तिक २५, २०८१ कोशी प्रदेशका एमाले सांसद लिलाबल्लभ अधिकारीसहित ७ जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान सुरु भएको छ। आइतबार विराटनगरबाट अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। यसअघि ६ जनालाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गरिरहेको थियो।

सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार आइतबार, कात्तिक २५, २०८१ सिन्धुली र सर्लाहीको सिमाना रहेको उक्त ठाउँमा भएको गोली प्रहारबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका –३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेमबहादुर बम्जन घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

चिसो बढेसँगै देशभर घट्यो डेङ्गु सङ्क्रमण आइतबार, कात्तिक २५, २०८१ स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए।

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति आइतबार, कात्तिक २५, २०८१ उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।









