थाई एअरवेजको विमानमा प्राविधिक समस्या, रोकिए यात्रु बिहीबार, कात्तिक २२, २०८१

तरकारी खेतीबाट वार्षिक सात लाख कमाउँछिन् गङ्गा बिहीबार, कात्तिक २२, २०८१ रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएकी छन्। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख आम्दानी गर्दै आएकी छन्।

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध बिहीबार, कात्तिक २२, २०८१ अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन्।

करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु बिहीबार, कात्तिक २२, २०८१ मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।

निरीक्षकले फेल बनाएका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले गर्यो पास बिहीबार, कात्तिक २२, २०८१ खोटाङको केपिलासगढी गाउँपालिका– ५, सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए। उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उनी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको छ।

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा बिहीबार, कात्तिक २२, २०८१ राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए। राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए। त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे।

चार हप्तामा ‘१२ गाउँ’को ग्रस कलेक्सन साढे २५ करोड बिहीबार, कात्तिक २२, २०८१ निर्माणपक्षले ‘१२ गाउँ’ पाँचौँ हप्तामा प्रवेश गरेको अवसरमा चार हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो। आजबाट यो चलचित्र प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ।

कांग्रेसले टुङ्ग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार बिहीबार, कात्तिक २२, २०८१ मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

लुटपाटको आरोपमा असईसहित दुई प्रहरी पक्राउ बिहीबार, कात्तिक २२, २०८१ काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ।

क्यानडामा खेल्न असहज भयो, अमेरिकामा ब्याटिङमा चुक्यौँ: कप्तान पौडेल बिहीबार, कात्तिक २२, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताएका छन् । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान पौडेलले यस्तो बताएका हुन् ।

पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान बिहीबार, कात्तिक २२, २०८१ चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो। त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो।

स्थानीय तह उपनिर्वाचनका लागि रास्वपाले गर्यो उम्मेदवारी आह्वान बिहीबार, कात्तिक २२, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी आह्वान गरेको छ। स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचनको तयारी गरेको छ। त्यसैका लागि बिहीबार उम्मेदवारी आह्वान भएको हो।

पोखरामा बस दुर्घटना, रूखमा अड्किएर मान्छे बाँचे बिहीबार, कात्तिक २२, २०८१ कास्कीको पोखरा महानगरपालिका–२२ शान्ति स्तुपा नजिकै भएको बस दुर्घटनामा दुईजना घाइते भएका छन्। बिहीबार दिउसो करिब साढे १२ बजेको समयमा पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको बस दुर्घटनामा परेको हो।









