उपनिर्वाचन परिचालनका लागि रास्वपाले तोक्यो सात नेता बिहीबार, कात्तिक २२, २०८१

यू–१९ महिला विश्वकप छनौट : कुवेतविरुद्ध नेपालको सानदार जित बिहीबार, कात्तिक २२, २०८१ यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको हो।

सञ्चालनमा आयो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन बिहीबार, कात्तिक २२, २०८१ चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।

लिग-२ खेलेर फर्कियो नेपाली क्रिकेट टोली बिहीबार, कात्तिक २२, २०८१ आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ।

एसपी र इन्स्पेक्टर मुछिएको घटनामा अनुसन्धान गर्दै सीआईबी बिहीबार, कात्तिक २२, २०८१ ललितपुरमा प्रहरी समेतको मिलेमतोमा ‘हनी ट्र्याप’ मा पारेको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ।एक जना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सीआईबीमा पठाएको हो।
-1716205509.jpg)
उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसले दियो १० नेतालाई जिम्मेवारी बिहीबार, कात्तिक २२, २०८१ नेपाली कांग्रेसका १० जना नेताहरूले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्ने भएका छन्। महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले १० जना नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो।

क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम अघि बढ्न सकेन बिहीबार, कात्तिक २२, २०८१ गत महिनाको बाढीपहिरोमा परी काभ्रेमा ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो। कैयन् घरबारविहीन भए। स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ। क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ।

१३४ यात्रुसहित आज पोखरामा सिचुवान एअरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने बिहीबार, कात्तिक २२, २०८१ नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् ।

भोलिदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने बिहीबार, कात्तिक २२, २०८१ विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरि ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ।

आज देशभरको मौसम सफा रहने बिहीबार, कात्तिक २२, २०८१ हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ।

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै बिहीबार, कात्तिक २२, २०८१ व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन्। आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।

देउसीभैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार, ३ जना पक्राउ बुधबार, कात्तिक २१, २०८१ पश्चिम नवलपरासीको सुनवलमा देउसीभैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनवल–३ किर्तिपुर बस्ने २३ वर्षीय अभिषेक गुरुङ, २६ वर्षीय बिसन गुरुङ र २८ वर्षीय अमित गुरुङ छन्।

एनआरएनएको महाधिवेशन गराउन परराष्ट्रमन्त्रीको ताकेता बुधबार, कात्तिक २१, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको गृहकार्य अगाडि बढाउन आग्रह गरेकी छन्।









