तिहारपछि खुलेको शेयर बजार झिनो अंकले घट्यो मंगलबार, कात्तिक २०, २०८१

सादा पोसाकका प्रहरीमाथि रास्वपाका कार्यकर्ताको हातपात मंगलबार, कात्तिक २०, २०८१ रास्वपाका सभापति रवि लामिछानेको आज म्याद थपबारे निर्णय हुने भएपछि बिहानैदेखि समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन्। लामिछाने कात्तिक २ मा सहकारी ठगीबारेको अनुसन्धानका लागि काठमाडौंबाट पक्राउ परेका थिए।

अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया मंगलबार, कात्तिक २०, २०८१ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन्। अमेरिकामा आज हुने राष्ट्रपति पदको निर्वाचनको पर्यवेक्षणका लागि थपलिया अमेरिका पुगेका हुन्।

रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद मंगलबार, कात्तिक २०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो।

कावसोतीमा गैँडाको आक्रमणमा एक जनाको मृत्यु मंगलबार, कात्तिक २०, २०८१ कावासोती नगरपालिका–७ कृष्णसार सामुदायिक वनमा गाई चराउन गएका ६५ बर्षका सुकबहादुर बोटेलाई गैँडाले आक्रमण गरेको हो।

नेपालमा विदेशी पर्यटक: १० महिनामा ९ लाख ४० हजार मंगलबार, कात्तिक २०, २०८१ सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो।

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जनाको नाम सिफारिस, पहिलो नम्बरमा को? मंगलबार, कात्तिक २०, २०८१ नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ। दोस्रो नम्बरमा बद्रीलाल महर्जन, तेस्रो नम्बरमा हिमाल कार्की, चौथोमा जमुना नकर्मी, पाँचौँ नम्बरमा संगित बोगटीको नाम पठाइएको छ।

रवि लामिछानेको समर्थनमा नाराबाजीमा उत्रिएका ७ जना पक्राउ मंगलबार, कात्तिक २०, २०८१ कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ। सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

सहकारी ठगी प्रकरणःछविलाल जोशीलाई अदालत लगियो मंगलबार, कात्तिक २०, २०८१ कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनीहरूलाई आज मात्र अदालतमा पेस गर्न गरिएको हो।

एकीकृत समाजवादीमा ‘एक पद एक व्यक्ति’को संरचना मंगलबार, कात्तिक २०, २०८१ नेकपा एकीकृत समाजवादीले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ। सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको हो।

पोखरीमा कार डुब्दा सर्लाहीमा दुई जनाको मृत्यु मंगलबार, कात्तिक २०, २०८१ कारमा सवार एकजना भने पौडिएर बाँच्न सफल भएका छन्। मंगलबार बिहान ४ बजे ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती माविको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो।

म्याद थपका लागि रवि लामिछानेलाई अदालत पेस गरियो मंगलबार, कात्तिक २०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो।

टहरामै बित्यो ललितपुरका पहिरोपीडितको दसैँतिहार मंगलबार, कात्तिक २०, २०८१ गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन। पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन्।









