यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर मंगलबार, कात्तिक २०, २०८१

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै मंगलबार, कात्तिक २०, २०८१ सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ।

नेपाल र स्कटल्याण्डको खेल रद्द, दुवै टोलीले अंक बाँडे मंगलबार, कात्तिक २०, २०८१ आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत स्कटल्याण्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ।

पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना मंगलबार, कात्तिक २०, २०८१ देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान मंगलबार, कात्तिक २०, २०८१ डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । एनबीसी न्यूजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ। ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन्।

मिथिलाञ्चलमा छठको विधि सुरु, आज ‘नहाय खाय’ मंगलबार, कात्तिक २०, २०८१ मिथिलाञ्चलसहित मधेशमा छठ उत्सव सुरु भएको छ। व्रत अन्तर्गत पहिलो दिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने विधि गर्छन्। दोस्रो दिन बुधबार खर्ना मनाइनेछ।

गुल्मीमा चट्याङले २ जना घाइते सोमबार, कात्तिक १९, २०८१ दिउँसो ४ बजेतिर घरमै बसिरहेको समयमा चट्याङ परेर अग्लुङको ओख्ले निवासी मुना राउत घाइते भएको स्थानीय बसन्त राउतले बताए। उनी अझै बेहोस रहेको राउतले बताए। त्यस्तै चट्याङ लागेर रिडिवन कि मञ्जु विष्ट घाइते भएकी छन्।

देउसीभैलो खेलिरहेको समूहलाई बसको ठक्कर, २ को मृत्यु, १८ घाइते सोमबार, कात्तिक १९, २०८१ बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

बीपी राजमार्गमा बनाइएको डाइभर्सन वर्षाले क्षति पुर्यापछि सवारी अवरुद्ध सोमबार, कात्तिक १९, २०८१ बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ स्थित माम्ती र पिप्ले सडकखण्डमा बनाइएको अस्थाई डाइभर्सन आजको वर्षातले क्षति पुर्याएपछि सो सडकखण्डमा सवारी अवरुद्ध भएको छ।

मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान सोमबार, कात्तिक १९, २०८१ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ। मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ।

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु सोमबार, कात्तिक १९, २०८१ हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन।

ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएकी एक अभियुक्त कम्बोडियाबाट पक्राउ सोमबार, कात्तिक १९, २०८१ उनलाई एनसीबी कम्बोडियाको सहयोगमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको हो।

लिग–२मा स्कटल्यान्डविरुद्ध करण केसी र भीम सार्कीले नखेल्ने सोमबार, कात्तिक १९, २०८१ आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग २ मा स्कटल्यान्डविरुद्ध करण केसी र भीम सार्कीले नखेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार केसी र सार्की घाइते भएकाले नखेल्ने भएका हुन्। अमेरिकाको डालासमा नेपाली समयअनुसार आज राति सवा १० बजे स्कटल्यान्डविरुद्ध खेल्दैछ।









