तिहार सकिएसँगै तराई/मधेसमा छठको रौनक सुरु सोमबार, कात्तिक १९, २०८१

सुप्रिम सहकारीको रकम ठगीमा अनुसन्धान गर्न रवि लामिछानेलाई बुटवल लगिँदै सोमबार, कात्तिक १९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न बुटवल लैजाने तयारी भइरहेको छ। उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन्।

लिग २ मा आज नेपालले स्कटल्याण्डसँग १२औँ खेल खेल्दै सोमबार, कात्तिक १९, २०८१ यी दुईबीचको खेल डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ। अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा जनाको मृत्यु सोमबार, कात्तिक १९, २०८१ लमही नगरपालिका–५ स्थित लमही–गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ सोमबार, कात्तिक १९, २०८१ मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन्। आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, कात्तिक १९, २०८१ नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु सोमबार, कात्तिक १९, २०८१ घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुपप्र०१–०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

म्यानचेस्टर युनाइटेड खराब लयबाट गुज्रँदै सोमबार, कात्तिक १९, २०८१ मोसेस काइसेडोको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।

मौसम: यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना सोमबार, कात्तिक १९, २०८१ देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने आइतबार, कात्तिक १८, २०८१ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

अर्घाखाँचीमा भारतीय कार दुर्घटना आइतबार, कात्तिक १८, २०८१ अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।

लगाइयो भाइटीका, सकियो तिहार आइतबार, कात्तिक १८, २०८१ यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो। आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।

इरानमा नग्न भएर किन घुमिन् विश्वविद्यालयकी छात्रा? आइतबार, कात्तिक १८, २०८१ इरानको राजधानी तेहरानमा एक छात्रा नग्न अवस्थामा घुमेको घटना सार्वजनिक भएको छ। रोयटर्सका अनुसार, यो घटना तेहरानको आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा शनिबार भएको हो। यहाँ विश्वविद्यालयकी एक छात्राले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेकी हुन्।









