News Griha :: न्यूजगृह
तिहारमा पनि सुनसान छन् गाउँघर
तिहारमा पनि सुनसान छन् गाउँघर ‘पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे। पाँच/छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो’, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो। अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन।’
सुरु भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
सुरु भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन‍्।
चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र
चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन्। 
कांग्रेस सभापति देउवाले बहिनीबाट लगाए टीका
कांग्रेस सभापति देउवाले बहिनीबाट लगाए टीका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन्।
धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ
धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ गएराति क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए।
बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हिन्दु समुदाय सडकमा
बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हिन्दु समुदाय सडकमा बंगलादेशमा हिन्दु धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा दर्ता गरिएपछि अल्पसङ्ख्यक हिन्दु समुदाय सडमा ओर्लिएका छन्।
प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए टीका
प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए टीका प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।
सुनसरीमा जुवा खालबाट १५ जना पक्राउ
सुनसरीमा जुवा खालबाट १५ जना पक्राउ सुनसरीस्थित बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन्। 
राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट टीका
राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट टीका राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन्। उनले शुभसाइत मै विधिपूर्वक तिहारको टीका लगाएका हुन्। 
भाइटीका सुरु, दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदै
भाइटीका सुरु, दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदै भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस्तै भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा...
टीकारामले मौरीपालनबाटै कमाउँछन् वार्षिक ३५ लाख
टीकारामले मौरीपालनबाटै कमाउँछन् वार्षिक ३५ लाख कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनमा छन्। सुन्तला छोडेर मह उत्पादनमा हालेका तिमिल्सिनाले अहिले बर्सेनि ३५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।
तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण
तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो।
Weather Update