२ लाख ६५ हजार मूल्यका पटाका नष्ट बिहीबार, कात्तिक १५, २०८१

भेपमार्फत सुन तस्करीः १४ महिना जेल बसेर छुटे राहुल महरा बिहीबार, कात्तिक १५, २०८१ भेपमार्फत ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरा १४ महिना जेल सजाय काटेर छुटेका छन्। केन्द्रीय कारागार जगन्नाथदेवलका कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १४ महिना जेल बसेर उनी कात्तिक १३ गते छुटेका हुन्।

प्रधानमन्त्री ओलीको प्रश्न- आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? बिहीबार, कात्तिक १५, २०८१ सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा गरेको देउसी कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको विषयलाई चौतर्फी आलोचनाका बीचमा प्रधानमन्त्री ओलीले कुनै राजनीतिक दललाई एकजना व्यक्तिले सहयोग गर्न पनि पाउँछ भने समूहमा पनि सहयोग गर्न पाउने जिकिर गरे।

अबदेखि जन्मनेबित्तिकै बच्चाको थाइरोइड‚ जन्डिस परीक्षण अनिवार्य बिहीबार, कात्तिक १५, २०८१ अबदेखि बच्चा जन्मनेबित्तिकै चार प्रकारका विशेष प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ। विशेष गरी प्रसूति सेवा प्रदान हुने ठूला संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्नुपर्ने भएको हो।

७ दिनमा ७२ जना फरार प्रतिवादी पक्राउ गर्ने इन्स्पेक्टर सम्मानित बिहीबार, कात्तिक १५, २०८१ बिहीबार एक कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले इन्स्पेक्टर कुँवरलाई खादा ओढाई प्रशंसापत्र प्रदान गरे।

नेपालगञ्जमा डेँगु सङ्क्रमणको उच्च जोखिम बिहीबार, कात्तिक १५, २०८१ नेपालगञ्ज उपमहानगरपालिका डेँगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ। बाँकेमा हालसम्म डेँगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।

मलेखु-धादिङबेशी सडक खण्डमा बस र ट्रक ठोक्किए बिहीबार, कात्तिक १५, २०८१ बिहीबार मध्यान्ह १२:०५ बजे काठमाडौंबाट जाँदै गरेको ग्रामीण यातायातको बा ४ ख ४४५९ नम्बरको बस र बुङचुङबाट फुर्केखोला जाँदै गरेको ना ५ ख ६४७० नम्बरको ट्रक कालुपाण्डे मार्गस्थित सिद्धलेक गाउँपालिका-५ मावी खोलामा ठोक्किएका हुन्।

महिला फुटबल टोलीसँग प्रधानमन्त्री बिहीबार, कात्तिक १५, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्।

बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका युवक पक्राउ बिहीबार, कात्तिक १५, २०८१ बलात्कार मुद्दामा उनलाई २०८० असोज २५ मा ७ वर्ष कैद सजाय तोकिएको थियो। फरार केवटलाई पचेहराबाटै पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जन भट्टराईले बताए।

साफ च्याम्पियनसिप : नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने बिहीबार, कात्तिक १५, २०८१ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो।

साफ सकिए लगत्तै साम्बा फ्रान्स फर्किइन् बिहीबार, कात्तिक १५, २०८१ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो।

स्पेनमा राष्ट्रिय शोकको घोषणा बिहीबार, कात्तिक १५, २०८१ सेप्टेम्बर १९६६ पछिको सबैभन्दा भारी वर्षा भएको बताइएको छ। धेरै कारहरू बगाएको छ भने मगरो नदीको पुल डुबेको समाचारमा उल्लेख छ। स्पेनी सेनाको आपतकालीन प्रतिक्रिया युनाइटेड (यूएमई)का एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा उद्धारमा खटिएका छन्।

सयपत्री फूलको माला किन्नेहरूको भिड बिहीबार, कात्तिक १५, २०८१ घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ–गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ। केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो।









