नेपाल प्रहरीका २ डीआईजीको एआईजीमा बढुवाका लागि सिफारिस बिहीबार, कात्तिक १५, २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो? बिहीबार, कात्तिक १५, २०८१ सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनिरहेको छ। बिहीबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार प्रतितोला सुनको मूल्य एक लाख ७० हजार रुपैयाँ थियो।

साम्बाको तस्बिर फेसबुकमा राख्दै बालेनले दिए लक्ष्मी पूजाको शुभकामना बिहीबार, कात्तिक १५, २०८१ सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ बिहीबार, कात्तिक १५, २०८१ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्।

रविलाई थप गरिएको म्याद सकियो, अब के हुन्छ? बिहीबार, कात्तिक १५, २०८१ तर, यसअघि छविलाल जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन नै खारेज गरिदिएको थियो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘कास्की जिल्ला अदालतबाट अनुमति प्राप्त भएबमोजिम हिरासतमा रहेको अवस्था देखिएका सन्दर्भमा निवेदकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा मागबमोजिम बन्दी प्रत्यक्षीकरण आदेश जारी गर्न मिलेन, प्रस्तुत रिट निवेदन खारेज हुने...

साफ उपविजेता महिला टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार बिहीबार, कात्तिक १५, २०८१ साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन्।

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा २ भारतीय मजदुरको मृत्यु बिहीबार, कात्तिक १५, २०८१ मकालु-५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना बिहीबार, कात्तिक १५, २०८१ पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपूजा परेको हो,’ समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले भने।

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले दिए राजीनामा बिहीबार, कात्तिक १५, २०८१ साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल खेलको नतिजा बंगलादेशको पोल्टामा पुगेपछि प्रशिक्षक तामाङले राजीनामा घोषणा गरेका छन्।
-1709531056.jpg)
उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना बिहीबार, कात्तिक १५, २०८१ बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साफ वुमेन्स: बंगलादेश च्याम्पियन, नेपाल २-१ ले पराजित बुधबार, कात्तिक १४, २०८१ रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो।

नेपालविरुद्ध बंगलादेशले फेरि लियो अग्रता बुधबार, कात्तिक १४, २०८१ खेलको ८० औँ मिनेटमा बंगलादेशले दोस्रो गोल गर्दै २–१ को अग्रता लिएको हो ।

गुडिरहेको गाडीमा आगलागी बुधबार, कात्तिक १४, २०८१ पश्चिम रुकुम चौरजहारी नगरपालिकाको–११ चौफातर्फ जाँदैगरेको गाडी बुधबार बेलुका सल्यानको बागचौर नगरपालिका –१ थारमारे चारखोलामा आगलागी भएको हो।









