किसानले पाल्न छोडे हलगोरु, आधुनिक हलोले जोत्छ खेतबारी बुधबार, कात्तिक १४, २०८१

१३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत बुधबार, कात्तिक १४, २०८१ प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो।

तीन हजार १७५ गुम्बालाई मान्यता प्रदान बुधबार, कात्तिक १४, २०८१ बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार १७५ गुम्बालाई मान्यता दिएको छ। देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी एक सय पाँच गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो।

डेडिकेटेड र ट्रंकलाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकार बुधबार, कात्तिक १४, २०८१ सरकारले विद्युत् महसुल बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए।

नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने बुधबार, कात्तिक १४, २०८१ दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ।

नेपाललाई इतिहास रच्ने अवसर बुधबार, कात्तिक १४, २०८१ साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ। खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा। यो गत संस्करणको फाइनलको रिप्ले पनि हो।

आज काग तिहार बुधबार, कात्तिक १४, २०८१ कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ।

नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो बुधबार, कात्तिक १४, २०८१ अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।

लिग–२ क्रिकेटः नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने मंगलबार, कात्तिक १३, २०८१ अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ।

समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताले फिर्ता पाए शतप्रतिशत रकम मंगलबार, कात्तिक १३, २०८१ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ।

साढे २९ तोला सुनसहित बुटवलबाट दुई जना पक्राउ मंगलबार, कात्तिक १३, २०८१ इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो।

बलात्कार मुद्दामा दोषी ठहर भएका युवकलाई साढे १२ वर्ष कैद मंगलबार, कात्तिक १३, २०८१ जिल्ला न्यायाधीश शकुन्तला कार्कीको मंगलबारको इजलासले मकवानपुरको बकैया गाउँपालिका—१० का २६ वर्षीय विक्रम भन्ने सुजन थिङलाई १४ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो।
-1730208232.jpg)
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती बुधबार मनाइने मंगलबार, कात्तिक १३, २०८१ आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले बुधबार देशभरि विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाउने भएका छन्। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष ‘स्वस्थ जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको मजबुत आधार’ नारासहित मनाउन लागिएको हो।









