News Griha :: न्यूजगृह
उपप्रधानमन्त्री श्रेष्ठले भने— प्रचण्डले भारतको सहयोगबाट प्रधानमन्त्री बनेको हुँ भन्नुभएको छैन
उपप्रधानमन्त्री श्रेष्ठले भने— प्रचण्डले भारतको सहयोगबाट प्रधानमन्त्री बनेको हुँ भन्नुभएको छैन उनी भन्छन्, ‘हाम्रो प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन ।
सानेपामा कांग्रेस जिल्ला सभापतिहरू भेला हुँदै
सानेपामा कांग्रेस जिल्ला सभापतिहरू भेला हुँदै प्रमुख सत्तारुढ नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेला बस्दैछ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ : रास्वपा सांसद झा
प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ : रास्वपा सांसद झा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नमागेको बताएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति आलोचनायोग्य छ, सत्ता पक्षको सांसद भए पनि त्यसमा समर्थन जनाउँदिन : शर्मा
प्रधानमन्त्रीको अभिव्यक्ति आलोचनायोग्य छ, सत्ता पक्षको सांसद भए पनि त्यसमा समर्थन जनाउँदिन : शर्मा उनले भने, ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ ।’
सत्तारुढ सांसद राणाले भने–प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभयो
सत्तारुढ सांसद राणाले भने–प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभयो पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए  । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालले भनेका थिए ।
प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठबीच भेटवार्ता, सुदूरपश्चिम सरकारलाई पूर्णता दिने निर्णय 
प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठबीच भेटवार्ता, सुदूरपश्चिम सरकारलाई पूर्णता दिने निर्णय  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको जवाफ होइन, राजनीनामा चाहियो : अध्यक्ष ओली
प्रधानमन्त्रीको जवाफ होइन, राजनीनामा चाहियो : अध्यक्ष ओली उनले भने, ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो । उहाँ साह्रै भएन ।’
समाजवादी मोर्चा पार्टी एकता गर्ने उद्देश्यबाट बनेको हो : प्रधानमन्त्री प्रचण्ड
समाजवादी मोर्चा पार्टी एकता गर्ने उद्देश्यबाट बनेको हो : प्रधानमन्त्री प्रचण्ड उनले भने, ‘पार्टी एकता गर्ने उद्देश्यले मोर्चा बन्यो । हामी एक, दुई दिनभित्र बैठक बसेर देशभर एकताको अभियान लिएर जाँदैछौँ ।’
मिटरब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद् अवरोध गरे : प्रधानमन्त्री प्रचण्ड
मिटरब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद् अवरोध गरे : प्रधानमन्त्री प्रचण्ड उनले संसद्मा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक आज पास गर्ने कार्यसूची रहेको तर, प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गर्ने कोसिस गरेको बताए । 
प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री  चौधरी
प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री  चौधरी ‘प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’
विपक्षीद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै  राजीनामा माग, बैठक स्थगित
विपक्षीद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै  राजीनामा माग, बैठक स्थगित प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । 
Weather Update