News Griha :: न्यूजगृह
कोशी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त, शुक्रबार बिहान शपथ
कोशी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त, शुक्रबार बिहान शपथ कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई बिहीबार नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
अघिल्लो निर्णयबाट सरकार पछि हट्यो, ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने 
अघिल्लो निर्णयबाट सरकार पछि हट्यो, ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने  सरकारले स्थानीय तहमा कटौती गरेको वित्तीय समानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकम ५० प्रतिशत कटौती गरेको थियो ।
कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेस
कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेस थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टी (जसपा)का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेस भएको बताइएको छ ।
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् । 
३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । 
सुरु भयो कांग्रेस जिल्ला सभापतिहरुको भेला 
सुरु भयो कांग्रेस जिल्ला सभापतिहरुको भेला  ललितपुरस्थित पार्टी मुख्यालयमा सुरु भएको भेलामा कांग्रेसको जिल्ला सभापतिहरु सहभागी छन् । सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए ।
प्रधानमन्त्रीको भावनात्मक अभिव्यक्तिलाई अपव्याख्या गरियो : सचिवालय
प्रधानमन्त्रीको भावनात्मक अभिव्यक्तिलाई अपव्याख्या गरियो : सचिवालय सोमबार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर विवाद बढेपछि बिहीबार बिहान सत्तारुढ दलहरूको संयुक्त बैठकसमेत बसेको थियो ।
प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध
प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध दिउँसो १ बजे बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।
एमालेको कदम असंसदीय, प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन 
एमालेको कदम असंसदीय, प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन  प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले संसद् फेस गर्ने निर्णय पनि गरेको छ । 
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसद्को अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । 
सत्तारूढ सात दलको बैठक बालुवाटारमा
सत्तारूढ सात दलको बैठक बालुवाटारमा बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष एवम् मन्त्री रञ्जिता श्रेष्ठ, आम जनता पार्टी अध्यक्ष प्रभु साह लगायत सत्तारूढ दलका नेताहरूको सहभागिता...
Weather Update