सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवादशनिबार, असार १६, २०८०

राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा शनिबार, असार १६, २०८० सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्ने अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भएको हो ।

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड शनिबार, असार १६, २०८० प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

कांग्रेसलाई भ्रष्टाचारी संरक्षकको रूपमा जनताले चिनेका छन् : अर्जुननरसिंह केसी शुक्रबार, असार १५, २०८० उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रूपमा पनि चिनेका बताए । जनताहरू निराश भएर विकल्प खोजिरहेका भन्दै केसीले कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए ।

जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन : सरकार शुक्रबार, असार १५, २०८० सङ्घीय सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन् ।

सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली २०८० स्वीकृत शुक्रबार, असार १५, २०८० सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ ।

३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन : उपाध्यक्ष अर्याल शुक्रबार, असार १५, २०८० ‘अब हाम्रो लडाइँ स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो ।’

संसद्बाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना शुक्रबार, असार १५, २०८० ‘पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ,’ उनले भने, ‘रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रूपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन ।’

महालेखापरीक्षकको कार्यालयले झैँ सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारिताका साथ काम गर्नुपर्छ : सभामुख घिमिरे शुक्रबार, असार १५, २०८० सभामुख देवराज घिमिरेले लेखापरीक्षकको कार्यालयले मात्र नभइ सबलै आ–आफ्नो क्षेत्रमा इमान्दारिता साथ काम गर्ने भावनाको विकास गर्न आवश्यक भएको बताएका छन् ।

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित शुक्रबार, असार १५, २०८० ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार, असार १५, २०८० उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, सातै प्रदेश सरकार एमालेमुक्त शुक्रबार, असार १५, २०८० नेकपा एमालेको नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार ढलेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका छन् ।









