
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच विराटनगरमा वार्ता सोमबार, असार ४, २०८० कोशी प्रदेशको नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधर समूह र कोशी प्रेदश सरकारबीच वार्ता जारी छ ।
विपद्बाट नागरिकको ज्यान गएका बेला गृहमन्त्री समाजवादी मोर्चामा लागे : रास्वापा सांसद झा सोमबार, असार ४, २०८० ‘आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछ । तर, हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाइरहेका छैनौँ । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भने ।

खेतीबाली बिक्री केन्द्र स्थापना गर्न सांसद आचार्यको माग सोमबार, असार ४, २०८० सांसद आचार्यले सुनसरीको खेतीबाली बिक्रीका लागि सरकारले छुट्टै केन्द्रहरूको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिनिधि सभा बैठक बस्दै सोमबार, असार ४, २०८० संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।

समाजवादी मोर्चाको घोषणा गरिँदै सोमबार, असार ४, २०८० नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका चार दल मिलेर बनाइएको समाजवादी मोर्चाको आज साेमबार काठमाडाैंकाे राष्ट्रिय सभागृहमा घोषणा गरिँदै छ ।

समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय आइतबार, असार ३, २०८० नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुंगो लगाएको छ ।

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार, असार ३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

सांसद प्रभु साहको आक्रोश— अभिभावक नै नाङ्गै हिँड्यो आइतबार, असार ३, २०८० संघीय मन्त्रालय लाज छोडेर, कानून कुल्चिएर संविधानको पनि संवैधानिक मान्यतालाई कुल्चेर । किन भने दुनियाँलाई थाहा छ । सर्वोच्च अदालतले भनिसकेपछि सबैले मान्छ तर मैले संघीय मन्त्रालयलाई हेरिरहेछु सर्वोच्च अदालतको आदेश खल्तिमा बोकेर हिँडिरहेको छ ।’
रास्वपा सांसद अर्यालको प्रश्न— के नेपालका सुरक्षाकर्मीलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? आइतबार, असार ३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबार, असार ३, २०८० आइतबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

समाजवादी मोर्चाबारे ओलीको टिप्पणी– नचिनेका नेताहरू हुन् र डराउनु ? शनिबार, असार २, २०८० ‘अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन । समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने, तिनै चिनेका मान्छे हुन् सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त ।’

सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै रास्वपाको विचार हो : रवि लामिछाने शनिबार, असार २, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् ।









