News Griha :: न्यूजगृह
शेरबहादुर देउवाको धनगढी निवास बाहिर बम राखेको आरोपमा युवक पक्राउ
शेरबहादुर देउवाको धनगढी निवास बाहिर बम राखेको आरोपमा युवक पक्राउ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगङ्गा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
पशुपति क्षेत्रमा शतबीज छरियो
पशुपति क्षेत्रमा शतबीज छरियो पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो। शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति...
७ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम, अन्य कुन ठाउँको कति?
७ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम, अन्य कुन ठाउँको कति? मौसम पूर्वानुमान महाशाखाले बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा –४.४ डिग्री सेल्सियस छ। 
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छेङ्दुबाट आज बिहान स्वदेश फर्कीने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रसारण लाइनमा जोडिने
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो। परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ।
बसको ठक्करबाट एक जनाको मृत्यु
बसको ठक्करबाट एक जनाको मृत्यु भेरी नगरपालिका-१ रावतगाउँ नजिकै महरलाई बसले ठक्कर दिएको थियो। दुर्घटनापछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताए।
बोरामा शव भेटिएकी महिलाको हत्या आशंकामा ३ जना पक्राउ
बोरामा शव भेटिएकी महिलाको हत्या आशंकामा ३ जना पक्राउ शुक्रबार जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र सहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले सार्वजनिक गरेको हो।
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड
मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा ६ दशमलव १ प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ। यस्तै, वस्तु आयातमा ४ २ दुई प्रतिशतले कमी आई तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ...
त्रिविमा अध्ययनरत विद्यार्थीलाई एनपीएल खेलको टिकट मुल्यमा ५० प्रतिशत छुट
त्रिविमा अध्ययनरत विद्यार्थीलाई एनपीएल खेलको टिकट मुल्यमा ५० प्रतिशत छुट नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
काठमाडौंका विभिन्न स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने
काठमाडौंका विभिन्न स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ ।
Weather Update