News Griha :: न्यूजगृह
यू-१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल
यू-१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल एसीसी यू-१९ एसिया कपमा आइतबार नेपालले बंगलादेशसँग खेल्दैछ।संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०:४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ।
बढ्यो पेट्रोलको भाउ
बढ्यो पेट्रोलको भाउ भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो। निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
वेस्ट ह्याममाथि आर्सनलको प्रभावशाली जित
वेस्ट ह्याममाथि आर्सनलको प्रभावशाली जित यो जितपछि आर्सनल अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ। उसको १३ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो। वेस्ट ह्याम भने १५ अंकमै सीमित रहेर १४ औं स्थानमा छ।
आज स्थानीय तहको उपनिर्वाचन
आज स्थानीय तहको उपनिर्वाचन स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान हुँदैछ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणको बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा राष्ट्रपति पौडेललाई भेट्न शनिबार साँझ शीतलनिवास पुगेका राष्ट्रपति कार्यलयका एक अधिकारीले जानकारी दिए।
त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि दुई प्रहरी घाइते, एकको अवस्था गम्भीर
त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि दुई प्रहरी घाइते, एकको अवस्था गम्भीर प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो।
उपनिर्वाचन : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
उपनिर्वाचन : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
सिरियाको अलेप्पो शहर विद्रोहीको कब्जामा
सिरियाको अलेप्पो शहर विद्रोहीको कब्जामा सिरियाको दोस्रो ठूलो शहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन्। बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरु भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन्।
भोलि आइतबार उपनिर्वाचन, आयोगले जारी गर्‍यो ३ बुँदे निर्देशन 
भोलि आइतबार उपनिर्वाचन, आयोगले जारी गर्‍यो ३ बुँदे निर्देशन  आइतबार हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई  ३ बुँदे निर्देशन जारी गरेको छ।
Weather Update