News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी पूरा, सोमबार दिउँसो बेइजिङ उत्रने
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी पूरा, सोमबार दिउँसो बेइजिङ उत्रने प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक ४ दिने चीन भ्रमणको तयारी पूरा भएको बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले बताएका छन्। राजदूत ओलीले प्रधानमन्त्री ‌ओली सोमबार दिउँसो बेइजिङ उत्रने र त्यसपछि मंगलबार द्विपक्षीय भेटघाटमा व्यस्त रहने न्यूजगृहुँगको कुराकानीमा जनाए।
नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको हो।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनायो। पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ।
स्थानीय तह उपनिर्वाचन अपडेट: ५० प्रतिशत भन्दा बढी मत खस्यो
स्थानीय तह उपनिर्वाचन अपडेट: ५० प्रतिशत भन्दा बढी मत खस्यो मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ।आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो।
पर्खाल भत्किएर पुरिँदा रोल्पामा ५ मजदुरको मृत्यु
पर्खाल भत्किएर पुरिँदा रोल्पामा ५ मजदुरको मृत्यु लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा  सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ।
यू–१९ एसिया कप क्रिकेट: टस हारेसँगै नेपाल ब्याटिङ गर्दै
यू–१९ एसिया कप क्रिकेट: टस हारेसँगै नेपाल ब्याटिङ गर्दै यूएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन् भने नेपालले ब्याटिङ गर्नेछ। एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो।
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।
स्थानीय तह उपनिर्वाचन: १० बजेसम्म कति खस्यो मत?
स्थानीय तह उपनिर्वाचन: १० बजेसम्म कति खस्यो मत? स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो। निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अहिले बिहान १० बजेसम्म १५ देखि २० प्रतिशतसम्म मत खसिसकेको छ।
राथोङ पिक हिमाल [तस्बिरहरु]
राथोङ पिक हिमाल [तस्बिरहरु] ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधारशिविर पदमार्गबाट देखिएको छ हजार ६८२ मिटर उचाइको राथोङ पिक हिमालको मनमोहक दृश्य।
काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना सुरु हुने, कहिले आउँछ परिणाम?
काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना सुरु हुने, कहिले आउँछ परिणाम? उपनिर्वाचन हुन लागेको काठमाडौंको चार वटै स्थानमा मतदान जारी छ। काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिका मेयर तथा कीर्तिपुर-१ र ४ को वडाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो।
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा  नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा  वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ। सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
Weather Update