News Griha :: न्यूजगृह
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो। यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ।
कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी
कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी आइतबार समपन्न आमनिर्वाचनमा उनले एक हजार एक सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे।
रौतहटको गढीमाई –८ मा एकीकृत समाजवादी र ईशनाथ–७ मा कांग्रेस उम्मेदवार विजयी
रौतहटको गढीमाई –८ मा एकीकृत समाजवादी र ईशनाथ–७ मा कांग्रेस उम्मेदवार विजयी रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्।
ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित
ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित आइतबार भएको उपनिर्वाचनमा उनले तीन सय ५३ मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।
रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी
रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे।
गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी
गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए।
हेटौँडा- १२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी
हेटौँडा- १२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेस विजयी भएको छ। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हेटौंडा वडा नम्बर १२ को अध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका हुन्।
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाएर दोस्रो भए भने एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत पाएर तेस्रो भएका छन्।
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ जाँदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।
सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी
सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित
उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
Weather Update