टीभी च्यानलहरूका लागि ठूलो खतरा बन्दै युट्युब सोमबार, मंसिर १७, २०८१
-1714286791.jpg)
वेलकामा पुनः मत गणना गर्न आयोगको निर्देशन, बहिस्कार गर्ने तयारीमा एमाले सोमबार, मंसिर १७, २०८१ उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ मा पुनः मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। दलहरूले बदर मत बढाएको भन्दै गए राति १ बजेदेखि मतगणना स्थगित गरेका थिए।

प्रधानमन्त्री ओली बेइजिङमा, उपमन्त्रीले गरे स्वागत सोमबार, मंसिर १७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ पुगेका छन्। उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरे।

कीर्तिपुरमा ३३ सय मतसहित कांग्रेसका डंगोलको अग्रता कायमै, निकटतम प्रतिद्वन्द्वी को? सोमबार, मंसिर १७, २०८१ कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ३३ सय मत कटाएका छन्। सोमबार वडा नम्बर १ देखि ६ वडा सम्मको मतगणना गर्दा कांग्रेसका डंगोलले ३ हजार ३८५ मत पाएका छन्।

सुडान घोटाला प्रकरण: भ्रष्टाचारी ठहर भएका राणालाई पेन्सन दिन सर्वोच्चको अन्तरिम आदेश सोमबार, मंसिर १७, २०८१ न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले बहुचर्चित सुडान घोटाला प्रकरणका कसुरदारमध्येका एक ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरूलाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको पत्रपछि राणाको पेन्सन रोकिएको थियो ।

काठमाडौंको कीर्तिपुर, दोलखाको गौरिशंकर र उदयपुरको वेलका–९ को नतिजा आउन बाँकी सोमबार, मंसिर १७, २०८१ ४१ पदमा भएको स्थानीय तह उपनिर्वाचनमध्ये तीन स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।
![स्थानीय तह उपनिर्वाचनको मतगणना उत्तरार्धमा: कहाँ, कसले जिते? [सूची]](https://mail.newsgriha.com/uploads/posts/vote-counting_mat-ganana_illam-election-(1)-1714286381.jpg)
स्थानीय तह उपनिर्वाचनको मतगणना उत्तरार्धमा: कहाँ, कसले जिते? [सूची] सोमबार, मंसिर १७, २०८१ निर्वाचन आयोगका अनुसार अहिलेसम्म सार्वजनिक भएको मत परिणाममा धेरै स्थानमा नेपाली कांग्रेसले जितेको छ भने दोस्रोमा नेकपा (एमाले) रहेको छ। तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।

पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा निर्वाचित सोमबार, मंसिर १७, २०८१ निर्वाचन आयोगका अनुसार ५९३१ मत खसेकोमा ३ हजार ६२७ मत प्राप्त गर्दै पुथाउत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् ।

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ सोमबार, मंसिर १७, २०८१ मृतक यादवको लहानस्थित प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो । यसअघि अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए ।

रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सोमबार, मंसिर १७, २०८१ युवराज सफलले लामिछानेमाथि उक्त विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सोमबार न्यायाधीश फुयाल र निरौलाको इजलासमा पेसी सूचीको ३० नम्बरमा परेको थियो ।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय कार्यालयले भन्यो– शेखर पक्षको कार्यक्रममा सहभागी नहुनू सोमबार, मंसिर १७, २०८१ 'कोशी प्रदेशका सबै जिल्ला कार्यसमितिका नाममा पत्र पठाइ मंसिर २२ गते पूर्वकोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्ला सभापतिहरूबाट केन्द्रमा सम्पर्क गरकोले, मंसिर २२ पूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको,' केन्द्रीय कार्यालयको पत्रमा उल्लेख छ ।

उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा कांग्रेसको हार, एमाले र माओवादीलाई फलिफाप सोमबार, मंसिर १७, २०८१ उपनिर्वाचनको सार्वजनिक मत परिणामानुसार नेकपा एमालेलाई ‘लाभ’ भएको छ । ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको दैलेखेको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामीखापर गाउँपालिकाको उपाध्यक्ष पद एमालेले जितेको छ ।

गौरीशंकरको उपाध्यक्षमा माओवादी उम्मेदवार दोब्बर मतले अघि सोमबार, मंसिर १७, २०८१ निमलेकीको पक्षमा ८ सय ९ मत प्राप्त भएको छ भने उनलाई एमालेकी उम्मेदवार उमा मगर शेर्पाले पछ्याइरहेकी छिन्। उनको पक्षमा ४ सय ४७ मत प्राप्त भएको छ। यस्तै नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा २ सय ४० मत प्राप्त भएको मुख्यम निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।