News Griha :: न्यूजगृह
कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने
कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ। यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ।
आउन थाल्यो नतिजा, कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित
आउन थाल्यो नतिजा, कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन्।
६ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याली महिला पक्राउ
६ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याली महिला पक्राउ सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याइएको ६ किलो आठ सय ४० ग्राम कोकिनसहित केन्याली महिला छिलियन केरुबो ओगिटो पक्राउ परेकी हुन्।
यी हुन् मङ्सिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
यी हुन् मङ्सिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल सरकार र गणतन्त्र फिनल्याण्डबीच हुने ‘फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजना’ विषयक खाका सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
अवैध ढंगले भित्र्याइँदै गरेका आईफोन बरामद
अवैध ढंगले भित्र्याइँदै गरेका आईफोन बरामद झापा गाउँपालिका–४ पन्थपाडाको सशस्त्र टोलीले आइतबार ती आईफोन बरामद गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ जेड ८१०१ नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उक्त सामान फेला परेको थियो।
१५ वडाको मतगणना मतदानस्थलमै हुने, अरूको कहाँ हुन्छ ?
१५ वडाको मतगणना मतदानस्थलमै हुने, अरूको कहाँ हुन्छ ? निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ। आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, आज सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।
अण्डाको मूल्य बढ्यो, शनिबारदेखि लागू हुने
अण्डाको मूल्य बढ्यो, शनिबारदेखि लागू हुने शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए। बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन्।
निर्वाचनमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलनलगत्तै गणना
निर्वाचनमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलनलगत्तै गणना नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्। मतपेटिका सङ्कलनपछि दलीय सहमतिमा मतगणना अघि बढ्ने आयोगले जनाएको छ।
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा परेको रिट दरपीठ
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा परेको रिट दरपीठ कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट दरपीठ भएको छ।सर्वोच्च अदालतका रजिष्ट्रारले आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिट दरपीठ गरेका हुन्।
दोस्रो दिन पनि सकिएन रविको बयान, भोलि फेरि सरकारी वकिलसमक्ष लगिने
दोस्रो दिन पनि सकिएन रविको बयान, भोलि फेरि सरकारी वकिलसमक्ष लगिने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा दिनभर चलेको बयानको कार्य नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा फर्काइएको छ। भोलि फेरि बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। यसअघि रविसँग शुक्रबार पनि बयान लिइएको थियो।
बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
बंगलादेशसँग नेपाल ५ विकेटले पराजित यसअघि नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो। अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो।
Weather Update