सहकारी र लघुवित्तमा लगानी गर्ने वित्तीय निकायहरूलाई ‘रिकभरी’मा समस्याशनिबार, वैशाख ९, २०८०
१९ महिना अगावै किन थपियो फास्ट ट्रयाकको म्याद ? शुक्रबार, वैशाख ८, २०८० उच्च स्रोतका अनुसार नयाँ सरकार बनेदेखि नै सेना द्रुतमार्गको म्याद थप्न चर्को लविङमा थियो । प्रधानमन्त्रीलाई द्रुतमार्गको निरीक्षण गराउनु सेनाको एक मात्र उद्देश्य थियो आयोजनाको म्याद थप । कुटिल सेनाले अन्ततः मन्त्रिपरिषद्बाट परियोजनाको म्याद थप गराएरै छोड्यो ।
हावाहुरीले हवाई उडान प्रभावित शुक्रबार, वैशाख ८, २०८० अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।

प्रधानमन्त्रीसहित यी शीर्ष नेताले गुमाए ट्वीटरको ब्लू टिक शुक्रबार, वैशाख ८, २०८० ट्वीटरले लागु गरेको नयाँ नियमअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत ट्वीटर अकाउन्टलाई सरकारी तथा संस्थागत सिल्भर टिक दिएको छ । तर, नेपालको प्रधानमन्त्रीको अफिसियल अकाउन्ट पिएमओ नेपालको ब्लु टिक भने हटेको छ ।

काठमाडौंलाई चीनसँग जोड्ने छोटो मार्ग निर्माण किन पूरा हुन सकेन ? शुक्रबार, वैशाख ८, २०८० कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा हालसम्म ३५ किमी सडक कालोपत्रे सकिएको छ । बाँकी सडक खण्डमा कतै कानुनी अड्चन, कतै अरू संरचना निर्माण र कतै स्थानीयको अवरोधका कारण निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए ।

‘शेषराजगज’को स्याहारमै व्यस्त विमला शुक्रबार, वैशाख ८, २०८० शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत विमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन् । कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका– १४ बनकट्टटीकी ३० वर्षीया विमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन् ।

के वालेट कम्पनीहरूले डिजिटल भुक्तानी गर्दा ‘होल्ड’ भएको पैसाको ब्याज खान्छन् ? शुक्रबार, वैशाख ८, २०८० हरेक दिनजसो कोही न कोहीले समस्या भोगिरहेका छन् । पसलमा सामान किन्दा, रेस्टुरेन्टमा खाएको बिल तिर्दा होस् या पेट्रोल हाल्दा डिजिटल वालेट प्रयोगकर्ताहरूले यस्ता समस्या भोग्नुपर्ने बाध्यता छ । समस्या धेरै देखिएपछि पसल, रेस्टुरेन्टहरूले सकेसम्म नगदमै कारोबार गर्न खोज्छन् । ग्राहकलाई पनि पसल वा रेस्टुरेन्टको खातामा पैसा चढे नचढेको यकिन...

सिसडोलको फोहोरमा स्थानीय सरकारको राजनीति, प्रभावितका मागको बेवास्ता बिहीबार, वैशाख ७, २०८० स्थानीयको तर्फबाट बनेको बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति संयोजक श्रीराम ढुंगाना भन्छन्, ‘यसमा राजनीतिक रङ मिसिएको जस्तो लाग्छ । हामीले १० दिनअघि नै पत्राचार गरिसकेका थियौँ । बस्ती सार्ने या फोहोर नफाल्नेमध्ये एक विकल्प रोज्न भनेका थियौँ । फेरि जनप्रतिनिधिहरूले हामीलाई जानकारी नदिइ किन विज्ञप्ति निकाले ?’

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु बुधबार, वैशाख ६, २०८० राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार सुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान प्रभावित हुने बुधबार, वैशाख ६, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान १ देखि ७ बजेसम्म ६ घण्टा उडान अवतरण सेवा अवरुद्ध हुने भएको छ ।

फैलिँदै कोरोना संक्रमण, यस्तो छ सरकारको तयारी मंगलबार, वैशाख ५, २०८० गत चैत महिनामा मात्रै नेपालमा एकहजार ४५६ जनामा कोरोना संक्रमित फेला परेका थिए । वैशाखको सुरुवाती पाँच दिनमा मात्रै ५७४ जनामा संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा नेपालमा कोभिडको संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । कोरोना संक्रमणबाट चैत र वैशाखमा मात्रै पाँचजनाको मृत्यु भएको छ ।

सामुदायिक विद्यालय : लगानी बढी, नतिजा शून्य मंगलबार, वैशाख ५, २०८० आधारभूत तहको परीक्षा नतिजा हेर्दा कम्तिमा कुनै एक विषयमा ननग्रेड पाउनेको संख्या निकै उच्च देखिएको छ । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको नतिजा खस्किएको भए पनि धेरै अन्तर छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ह्रास आउँदा आममानिसले त्यसको कारण खोज्न थालेका छन् । कतिपयले शिक्षकका कारण गुणस्तर खस्किएको बताएका छन्...

बहुमतको विकल्प हुँदाहुँदै अल्पमतको सरकार गठनतर्फ जान खोजिएको हो? सोमबार, वैशाख ४, २०८० लुम्बिनी प्रदेश सभाको बैठक ११ वैशाखका लागि आह्वान गरिएको छ । गत २७ पुसमा मुख्यमन्त्री बनेका गिरीले अल्पमतमा परेपछि राजीनामा देलान् भन्ने धेरैको आकलन थियो । तर, १२ चैतमा अल्पमतमा परेका गिरीले संसद् ‘फेस’ गर्ने भएका हुन् ।