News Griha :: न्यूजगृह
युरोकपको क्वार्टरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
युरोकपको क्वार्टरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै जारी युरोकपमा आजदेखि क्वार्टरफाइनलका खेलहरू सुरु हुँदै छन्। आज क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि सुरु हुनेछ।
यस्तो छ ‘मुवा थाई’मा विश्वविजेता बनेका गुणराजको  कथा
यस्तो छ ‘मुवा थाई’मा विश्वविजेता बनेका गुणराजको  कथा मुक्कामुक्की र लात्ती हानाहान। कुहिना र घुँडाको प्रहार। शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम। हेर्दै निर्मम र डरलाग्दो। नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै। मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो।विसं २०८० चैत ६ गते मङ्गलबारका दिन थाइल्याण्डको बैङ्ककस्थित द बजार रत्चडाफिसेकमा १९औं...
पेरिस ओलम्पिक खेल्ने टोलीमा परेनन् मेस्सी
पेरिस ओलम्पिक खेल्ने टोलीमा परेनन् मेस्सी अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी पेरिस ओलम्पिक–२०२४ मा सहभागी नहुने भएका छन्। अर्जेन्टिनाका प्रशिक्षक जाभियर मास्चेरानोले मंगलबार घोषणा  गरेको टोलीमा मेस्सी समावेश छैनन्। 
कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा
कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज भएको ग्रूप डी अन्तरगतका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । आज भएको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो । 
नेदरल्याण्ड्स युरोकपको क्वार्टरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्ने
नेदरल्याण्ड्स युरोकपको क्वार्टरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्ने रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।म्युनिखमा भएको प्रिक्वार्टरफाइनलको खेलमा नेदरल्याण्ड्स ३–० ले विजयी भएको हो।​ २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।
को बन्ला भारतीय टी२० क्रिकेट टिमको कप्तान ?
को बन्ला भारतीय टी२० क्रिकेट टिमको कप्तान ? भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी२० टिमको कप्तान को बन्छ भन्ने बहस सुरु भएको छ। भारतका तीन सिनियर खेलाडीसहित प्रमुख प्रशिक्षक राहुल द्रविडको समेत कार्यकाल समाप्त भएको छ।
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा 
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा  राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।
पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा , पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोए
पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा , पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोए पोर्चुगल जारी युरोकपको क्वार्टरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै समूह चरणमा पोर्चुगल समुह एफ को समूह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै...
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वार्टरफाइनलमा सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तीनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ।
टी२० विश्वकप जितेको भारतीय क्रिकेट टोलीलाई बीसीसीआईले १२५ करोड भारु पुरस्कार दिने 
टी२० विश्वकप जितेको भारतीय क्रिकेट टोलीलाई बीसीसीआईले १२५ करोड भारु पुरस्कार दिने  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी२० विश्वकप जित्ने क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट रविन्द्र जडेजाले पनि लिए सन्यास  
अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट रविन्द्र जडेजाले पनि लिए सन्यास   भारतीय अलराउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट सन्यास लिएका छन्। भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
Weather Update