नेपालमा ३ विषादी प्रतिबन्ध शुक्रबार, मंसिर २१, २०८१

ललितपुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण झन् बढ्यो शुक्रबार, मंसिर २१, २०८१ जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएको जनाएको छ। महानगरपालिका पशुसेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो।

चितवनको हात्ती महोत्सव बन्द गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन शुक्रबार, मंसिर २१, २०८१ पशु अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले शुक्रबार नेपाल पर्यटन बोर्डको कार्यलय भृकुटीमण्डपको गेटमा प्रदर्शनी गर्दै महोत्सव बन्द गर्नु पर्ने माग गरेका हुन्। उनीहरुले महोत्सवका नाममा हात्तीलाई यातना दिएको भन्दै यसअघि पनि विरोध गर्दै आएका थिए।

विदेश उड्न लाग्दा पक्राउ परे सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपित शुक्रबार, मंसिर २१, २०८१ पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ छन्।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान शुक्रबार, मंसिर २१, २०८१ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण शुक्रबार, मंसिर २१, २०८१ चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ।

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन शुक्रबार, मंसिर २१, २०८१ वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो।

सुनको मूल्य घट्दा चाँदीको बढ्यो शुक्रबार, मंसिर २१, २०८१ बिहीबार प्रतितोला एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजोको तुलनामा प्रतितोला छ सय घटेको हो।

हिउँदको पहिलो वर्षा : यी भेगमा पर्नेछ पानी शुक्रबार, मंसिर २१, २०८१ यो वर्षको हिउँदको पहिलो वर्षा आउँदो सोमबार हुने सम्भावना छ। देशका केही स्थानमा त्यस दिन वर्षा हुने अनुमान गरिएको छ। आइतबार रातिदेखि नै बदली (आकाशमा बादल) बढ्दै जाने र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भूटानी राजा काठमाडौंमा शुक्रबार, मंसिर २१, २०८१ भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन्।उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।भूटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्। उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरण: आरोपितसँग १० लाख डलर धरौटी माग शुक्रबार, मंसिर २१, २०८१ गत अगष्ट महिनामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा समातिएका बबी साहसँग दश लाख डलर धरौटी माग भएको छ।

धनुषामा ४० वर्षीया महिलाको वीभत्स हत्या शुक्रबार, मंसिर २१, २०८१ शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो। उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ। शरीर नग्न अवस्थामा थियो। शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ।

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प शुक्रबार, मंसिर २१, २०८१ अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो। फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो। यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ। यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ।