News Griha :: न्यूजगृह
वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर
वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४...
कुनै विशेष प्रणाली सक्रिय नरहे पनि वर्षाको सम्भावना
कुनै विशेष प्रणाली सक्रिय नरहे पनि वर्षाको सम्भावना मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भेगको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो
दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ। यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ। सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको...
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन्।स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीबार पक्राउ परेका हुन्।
४१ चौका र २२ छक्का हानिएको आजको खेल : काठमाडौंविरूद्ध नरेन र पोखराविरुद्ध निसम बने घातक
४१ चौका र २२ छक्का हानिएको आजको खेल : काठमाडौंविरूद्ध नरेन र पोखराविरुद्ध निसम बने घातक नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध जनकपुरले ७ विकेटको जित हात पार्‍यो। जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ थालेको थियो। खेलमा पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनायो।
इजरायली राजदूतावासले भन्यो— विपिन जोशी जीवित छन्
इजरायली राजदूतावासले भन्यो— विपिन जोशी जीवित छन् इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।बिहीबार काठमाडौंमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन  जोशी जीवित रहेको जानकारी दिएको बताए।
'गृहमन्त्रीको पीए हुँ' भन्दै ठग्ने पक्राउ
'गृहमन्त्रीको पीए हुँ' भन्दै ठग्ने पक्राउ गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने  व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।गृहमन्त्री लेखकको पीए बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन्। प्रधानमन्त्री ओली चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन्।फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताए।
हत्या गरेर भागेकी गोले १५ वर्षपछि पक्राउ, ०७२ सालमै तोकिएको थियो १२ वर्ष कैद
हत्या गरेर भागेकी गोले १५ वर्षपछि पक्राउ, ०७२ सालमै तोकिएको थियो १२ वर्ष कैद २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
दुर्गा प्रसाईंमाथि भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोप, पक्राउ पुर्जी जारी
दुर्गा प्रसाईंमाथि भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोप, पक्राउ पुर्जी जारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे।
स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन
स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए। एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेस गर्ने जनाइएको छ। 
अख्तियारको अनुसन्धान अधिकृत भन्दै धम्की दिने एक जना पक्राउ
अख्तियारको अनुसन्धान अधिकृत भन्दै धम्की दिने एक जना पक्राउ पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी छन्। उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ।
Weather Update