बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो बिहीबार, मंसिर २०, २०८१

प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान बिहीबार, मंसिर २०, २०८१ प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
-1733368462.jpg)
जाजरकोटमा जीप दुर्घटना, २ जनाको मृत्यु बिहीबार, मंसिर २०, २०८१ मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जीप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

आइतबार र सोमबार वर्षाको सम्भावना, वर्षापछि जाडो पनि बढ्ने बिहीबार, मंसिर २०, २०८१ जल तथा मौसम विज्ञान विभागले अहिले भने नेपालमा कुनै पनि मौसमी प्रणालीको असर नरहेको जनाएको छ। तराई मधेसका जिल्लाहरुमा बिहानपख हुस्सु कुहिरो लागे पनि अन्य अवस्था सामान्य रहेको विभागले जनाएको छ। विभागले भने तीन दिन भन्दा धेरैको मौसम पूर्वानुमान गर्दैन।

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १०० भन्दा बढी घर जोखिममा बिहीबार, मंसिर २०, २०८१ सोलुखोलाको माथिल्लो भागबाट शुरु भएको करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन्। स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताईन्।

एक करोड बढीको लगानीमा बाख्रापालन बिहीबार, मंसिर २०, २०८१ केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए। बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ। अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ।

रामेछापको सुन्तलाले बजार पाएन बिहीबार, मंसिर २०, २०८१ यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान बिहीबार, मंसिर २०, २०८१ हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै बिहीबार, मंसिर २०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन्। यही मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? बुधबार, मंसिर १९, २०८१ पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन्। बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरेपनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो।

चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री ओली बुधबार, मंसिर १९, २०८१ चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले आज बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’मा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताए।
-1733317508.jpg)
सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद बुधबार, मंसिर १९, २०८१ सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
-1733317159.jpg)
पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने बुधबार, मंसिर १९, २०८१ हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ।