डीएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित बुधबार, मंसिर १९, २०८१

राष्ट्रपति पौडेल अस्पताल भर्ना बुधबार, मंसिर १९, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

चितवनमा रवि लामिछानेसँग आज पनि बयान लिइने बुधबार, मंसिर १९, २०८१ तवनको साहारा सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि सुरू बयान सुरू भएको थियो। मंगलबार बयान नसक्किएपछि बुधबार पनि उनीसँग बयान लिइन लागिएको हो।

आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते बुधबार, मंसिर १९, २०८१ गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए।

सैनिक शासनको निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति बुधबार, मंसिर १९, २०८१ उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए। ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागू गर्नु परेको छ,’ उनले भनेका थिए। उनले देशमा मार्शल ल कहिलेसम्म जारी रहन्छ भन्ने पनि स्पष्ट पारेका थिएनन्।

आज देशभरको मौसम सफा रहने बुधबार, मंसिर १९, २०८१ आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने बुधबार, मंसिर १९, २०८१ प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

कुहिरो र हुस्सुले यातायात सेवा प्रभावित हुनसक्ने बुधबार, मंसिर १९, २०८१ तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ। कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

दक्षिण कोरियामा 'मार्सल ल' घोषणा बुधबार, मंसिर १९, २०८१ सांसदहरूले मार्सल ल विरूद्ध संसदमा प्रस्ताव पारित गरेर त्यसलाई उल्टाउने घोषणा गरेपछि राष्ट्रपति यूनले सेनालाई संसद भवन पठाएका हुन्। सेनाको ठूलो टोली अहिले संसद भवनभित्रै पुगिसकेको रोयटर्सले जनाएको छ।

गाडी दुर्घटना हुँदा ८ जना घाइते मंगलबार, मंसिर १८, २०८१ महेन्द्रनगरबाट धनगढीतर्फ तीव्र गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ००२ ख १४२५ नम्बरको हाईस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

कालीगण्डकी कोरिडोर एक साता बन्द हुने मंगलबार, मंसिर १८, २०८१ निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ। कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो।

प्रधानमन्त्रीको चीन भ्रमण : नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा मंगलबार, मंसिर १८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘बीआरआई फ्रेमवर्क’ मा भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी मंगलबार, मंसिर १८, २०८१ नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन। नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमर्वमा हस्ताक्षर हुन नसकेको हो।