News Griha :: न्यूजगृह
दार्चुलाको सांग्रिला डेभलपमेन्ट बैंकमा चोरी
दार्चुलाको सांग्रिला डेभलपमेन्ट बैंकमा चोरी सांग्रिला डेभलपमेन्ट बैंकको दार्चुलास्थित शाखामा चोरी भएको छ। मंसिर १८ गते राति बैंकमा चोरी भएको र चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 
चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री
चीन भ्रमण सकेर फर्किए प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं अवतरण गरेका हुन्।
भैरहवाबाट एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान, ४ हजार ७ सय यात्रुले लिए सेवा
भैरहवाबाट एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान, ४ हजार ७ सय यात्रुले लिए सेवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन्। नोभेम्बर ३(१८ कात्तिक) देखि डिसेम्बर ३(१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओली चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द
प्रधानमन्त्री ओली चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो। यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो।
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु मकवानपुर र सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर मृत्यु भएको छ।
चितवनमा एक हुल मान्छे जम्मा पारेर खबरदारी गर्दै रास्वपा
चितवनमा एक हुल मान्छे जम्मा पारेर खबरदारी गर्दै रास्वपा चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले खबरदारीसभा आयोजना गरेको छ। पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा बिहीबार खबरदारी सभा आयोजना गरेको रास्वापाले जनाएको छ।
एनपीएलमा सट्टेबाजी गराउने थप तीनजना कीर्तिपुरबाट पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने थप तीनजना कीर्तिपुरबाट पक्राउ कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराउन भारतीय गिरोह सक्रिय भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सट्टेबाजी गराएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ।
उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष
उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड  बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको  छ।
चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो
चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर बुधबार राति ९ बजेसम्म बयान लिइएको थियो। बिहीबार बिहानै उनलाई पोखरा पठाइएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।
‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’
‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’ ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ।हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन्। विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ।
वीरगञ्ज भन्सारबाट निर्यात बढ्यो
वीरगञ्ज भन्सारबाट निर्यात बढ्यो मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ। यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो।
Weather Update