विराटनगर महानगरले ल्यायो तीन अर्ब बढी बजेटआइतबार, असार १०, २०८०

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड आइतबार, असार १०, २०८० भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट प्रस्तुत गरेको छ ।
काठमाडौं महानगरभित्र कुन व्यवसाय गर्दा कति कर लाग्छ ? आइतबार, असार १०, २०८० काठमाडौं महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आइतबार नगर सभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ ।

सत्तापक्षकै सांसद भन्छन्– कुनै हालतमा बजेट पास गर्न दिनुहुँदैन आइतबार, असार १०, २०८०
सत्ता गठबन्धनमा सहमति बनेपछि बजेट पारित हुन्छ : माधव सापकोटा आइतबार, असार १०, २०८० नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन् ।

चरम आर्थिक सङ्कटमा सौर्य एअरलाइन्स, कम्पनी नै बन्द हुने अवस्थामा आइतबार, असार १०, २०८० आर्थिक सङ्कट भएपछि अहिले एअरलाइन्सले कर्मचारी कटौती गरिरहेको छ । त्यस्तै, उडान नगर्ने घोषणा गरिसकेको छ। एअरलाइन्सले कर्मचारी कटौतीका लागि गत जेठ १० मा सूचना जारी गरेको थियो ।

केसी भन्छन्– सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन आइतबार, असार १०, २०८० राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद केसीले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने बताए ।

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने आइतबार, असार १०, २०८० काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आइतबार नगर सभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० मा सो व्यवस्था गरेको छ ।

नेप्से परिसूचक ६२.२१ अंकले वृद्धि आइतबार, असार १०, २०८० आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ विन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८९ अंकले बढेको छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट : पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता आइतबार, असार १०, २०८० चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।

सीएनआई अध्यक्षमा राजेशकुमार अग्रवाल आइतबार, असार १०, २०८० शनिबार राजधानीमा आयोजित परिसंघको २०औँ वार्षिक साधारण सभाले अग्रवाललाई सीएनआईको अध्यक्षमा चयन गरेको हो ।

सर्वसाधारणका लागि खुल्यो अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ आइतबार, असार १०, २०८० असार १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि असार २४ गतेसम्म लम्बिनेछ।

आइतबार कुन तरकारी र फलफूलको मूल्य कति ? आइतबार, असार १०, २०८० कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।









