सुनको मूल्यमा नयाँ रेकर्ड बिहीबार, जेठ १८, २०८०

भ्याट फिर्ता गर्न नाट्टाको माग बिहीबार, जेठ १८, २०८० नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ ।

यी फलफूल र तरकारीको मूल्य कति ? बिहीबार, जेठ १८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

चिवाभञ्ज्याङ नाका खोल्न प्रधानमन्त्रीसँग माग बिहीबार, जेठ १८, २०८० पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् ।

बिहीबार कुन देशको मुद्राको दर कति ? बिहीबार, जेठ १८, २०८०
आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन गर्ने लेखा समितिको निर्णय बुधबार, जेठ १७, २०८० प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकले समितिको बैठक सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग बुधबार, जेठ १७, २०८० नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड रुपैयाँ (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

गुल्मीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा बुधबार, जेठ १७, २०८० गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

नेप्सेमा ३८ दशमलव ८३ अंकको गिरावट बुधबार, जेठ १७, २०८० बुधबार नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अंकमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो ।

सरकारको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा बुधबार, जेठ १७, २०८० पूर्वअर्थमन्त्री डा. खतिवडाले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने बताएका हुन् । उनले सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताए ।

पुँजीबजारका ठूला लगानीकर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयो : अर्थमन्त्री महत बुधबार, जेठ १७, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल, माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २८ कम्पनी कालोसूचीमा बुधबार, जेठ १७, २०८० कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो? बुधबार, जेठ १७, २०८० यसअघि गत २१ वैशाखमा एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो ।









