दिनभरीका मुख्य मुख्य समाचारशुक्रबार, असार ८, २०८०

केपी ओली कांग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल शुक्रबार, असार ८, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन् ।

माधवलाई झलनाथको कटाक्ष— दुई मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन शुक्रबार, असार ८, २०८० पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।

सरकारले मधेससँगको सहमति कार्यान्वयन गरेन : महन्थ ठाकुर शुक्रबार, असार ८, २०८० उनले सशस्त्र द्वन्द्वलगायतका द्वन्द्वमा सहभागी कोही पनि जेलमा नरहेको तर, मेधस आन्दोलनका आन्दोलनकारी अझै जेलमा रहेको भन्दै असन्तुष्टि पोखे ।

सरकार सत्ता टिकाउने काममा लागिपरेको छ : रवि लामिछाने शुक्रबार, असार ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागिपरेको आरोप लगाएका छन् ।

१३ सांसदको प्रश्न : प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ) शुक्रबार, असार ८, २०८० प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञासा राखेका थिए ।

नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : सांसद भट्टराई शुक्रबार, असार ८, २०८० नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रपतिलाई प्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस फिर्ता लिनुपर्छ : प्रेम सुवाल शुक्रबार, असार ८, २०८० नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

बालेनको बालहठ र पदीय मर्यादा शुक्रबार, असार ८, २०८० अदालतको आदेशलाई लिएर बालेनले गरेको टिप्पणी पहिलो होइन । बालेनले सामाजिक सञ्जालबाट अदालतलाई मात्र नभइ सरकार र नेताहरूमाथि समेत असभ्य आलोचना वा टिप्पणी गर्दै आएका छन् ।

मुलुकको सार्वभौमसत्ता रक्षाका लागि सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्ताको रक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।

विकास मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० ‘यसमा नेपाल सरकारको गम्भीर रूपले ध्यानकर्षण भएको छ । सबै मान्य सदस्यहरूले यो विषयलाई दीर्घकालीन रूपमा विचार गर्न जरुरी छ,’ उनले भने ।

सदनमा उठाइएका प्रश्नको जवाफ दिने जिम्मेवारीबाट सरकार पछि हटेको छैन : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ दिने जिम्मेवारीबाट सरकार पछि नहटेको जिकिर गरेका छन् ।

मेरो तयारीमा कमजोरी देखियो : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० शुक्रबार सांसद अम्बिका बस्नेतले शिवपुरी राष्ट्रिय निकुञ्जलाई प्रवेश शुल्क बुझाउनुपर्ने विभेदकारी व्यवस्थाबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो तयारीमा कमजोरी भएको बताए ।









