केपी ओलीका तीन दाबीशुक्रबार, जेठ १२, २०८०

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त शुक्रबार, जेठ १२, २०८०

संसदमा प्रमाण पुर्याएर बोल्नुपर्छ : रास्वपा सांसद श्रेष्ठ शुक्रबार, जेठ १२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्दै शुक्रबार, जेठ १२, २०८० प्रतिनिधि सभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै साँझ ६ बजे बस्ने भएको छ । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्काे सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको सङ्घीय सचिवालयले जनाएको छ ।

मानव अधिकार आयोगको स्तर घटाउने सिफारिसप्रति सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, जेठ १२, २०८० राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवसमा उनले आयोगको पदाधिकारी नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै आयोगलाई बि ग्रेडमा झार्न गरिएको सिफारिसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

नेपाली राजनीतिमा एक अर्काको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति छ : अध्यक्ष ओली शुक्रबार, जेठ १२, २०८० शुक्रबार काठमाडौंमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा उनले एकले अर्कोको कामलाई राम्रो भनेर भन्न नसक्ने अहङ्कार भएको बताएका हुन् ।

कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा शुक्रबार, जेठ १२, २०८० पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु शुक्रबार, जेठ १२, २०८० कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायत विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ ।

गम्भीर आरोप टाउकोमा बोेकेर सदनमा भाग लिन सक्दैनौँ : सुवास नेम्वाङ शुक्रबार, जेठ १२, २०८० शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले सत्ता पक्षले लगाएको आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने भन्दै माफी माग्न लगाउन माग गरेका हुन् ।

एमालेको विरोधपछि २० मिनेटका लागि संसद बैठक स्थगित शुक्रबार, जेठ १२, २०८० संसदमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले शुक्रबार, जेठ १२, २०८० नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदैछ ।

साझा सहमतिबाटै कोशी प्रदेश नामाकरण गरिएको कांग्रेसको दाबी बिहीबार, जेठ ११, २०८० बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश १ नामांकन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम १४ जेठमा बिहीबार, जेठ ११, २०८० बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम १४ जेठमा प्रस्तुत गर्ने भएको छ ।









