साझा सहमतिबाटै कोशी प्रदेश नामाकरण गरिएको कांग्रेसको दाबीबिहीबार, जेठ ११, २०८०

१९५० को सन्धि खारेज हुनु-नहुनुको केही अर्थ छैन : एमाले सांसद राई बिहीबार, जेठ ११, २०८० बिहीबार राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राईले भने, ‘भारत नेपालको लागि अवसर हो भन्ने बुझ्छु मैले । तर, यसलाई समस्या बनाइयो । त्यो पनि हाम्रो नेतृत्वको कारणले गरेको हो । मेरो कुरा के हो भने भारत समस्या होइन अवसर हो । यसलाई अवसरको रूपमा परिणत गराउनको...

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा बिहीबार, जेठ ११, २०८० ‘अब पछाडि फर्किने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ, तर, विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ,’ उनले भनिन् ।

ढोरपाटन नगरपालिकाका मेयर एमालेबाट निलम्बित बिहीबार, जेठ ११, २०८० एमाले गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपालीले दुई छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

कांग्रेसले गल्ती गर्दैन : शेखर कोइराला बुधबार, जेठ १०, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले व्यक्ति समाप्त भए पनि पार्टी कहिल्यै समाप्त नहुने बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आह्वान बुधबार, जेठ १०, २०८० नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेश सभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआईपीको सुविधा खोस्न सांसद महासेठको माग बुधबार, जेठ १०, २०८० सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै महासेठले विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआईपीहरूको सुविधा खोस्न माग गरे ।

चन्द्र भण्डारीको प्रश्न : अपार अनुभवलाई पन्छाएर गालीगलौजको राजनीति कहिलेसम्म ? बुधबार, जेठ १०, २०८० नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले द्वन्द्व व्यवस्थापनदेखि जस्तोसुकै जटिल अवस्थामा पनि संविधान बनाएको अनुभव नेपाली राजनीतिसँग भएको बताएका छन् ।

उपचारपछि फर्केका सांसद भण्डारीले भने– व्यवहारिक प्रयोगको शिक्षा दिनुपर्छ बुधबार, जेठ १०, २०८० गत ३ पुसमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारी उपचारपछि पहिलोपटक प्रतिनिधि सभा बैठकमा उपस्थित भएका हुन् ।

विधिको शासन सबैलाई लागु हुनुपर्छ : सांसद सिंह बुधबार, जेठ १०, २०८० सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सांसद सिंहले विधिको शासन लागु हुनुपर्छ भन्नेले ‘मैले ल्याएको कानुन मलाई नै लागु भयो’ भन्ने सोच गलत भएको बताए ।

जसपा अध्यक्ष यादवको प्रश्न : प्रदेशलाई अधिकार नदिइ संघीयता कसरी बलियो हुन्छ ? बुधबार, जेठ १०, २०८० बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद यादवले अमूर्त काल्पनिक र मिठा शब्द भरेर मात्र राष्ट्र निर्माण हुन नसक्ने बताए ।

भ्रष्टाचारीलाई कारबाही नगरे राप्रपाले आन्दोलन गर्ने बुधबार, जेठ १०, २०८० सांसद शाहीले भने, ‘यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेम जस्तो नबनाऊ । र, भ्रष्टाचारी, अपराधीहरूलाई कानुनी कारबाही गरौँ । यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौं । यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ । सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार कम हुन्छ : महामन्त्री थापा बुधबार, जेठ १०, २०८० नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् ।









