नेपाली महिलालाई कुवेत पठाउने भन्दै श्रीलंका पुर्याएर बेचबिखन, १ जना पक्राउबिहीबार, फागुन १७, २०८०

संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल, नक्कली मोहीले समस्या बुधबार, फागुन १६, २०८० नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ। विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो। टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताP। उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण गराइएको छ।

विद्यार्थी नभएर नेपालका विद्यालय बन्द, पढ्न भारत जानुपर्ने बाध्यता बुधबार, फागुन १६, २०८० सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु’, उनले भनिन्। विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् ।...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल बुधबार, फागुन १६, २०८०

सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका ४ कलाकारको मृत्यु मंगलबार, फागुन १५, २०८० भोजपुरी फिल्म उद्योगमा यति बेला शोकमा छ । सवारी दुर्घटनामा ४ उदीयमान स्टार गुमाएपछि उद्योग नै शोकमा डुबेको हो। दुर्घटनामा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी पनि छन्। भारतीय सञ्चार माध्यमहरुकाअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो। चारै जनाको मृत्यु घटनास्थलमै भएको बताइएको छ।

सात महिनाका सवारी दुर्घटनाबाट झापामा ४९ जनाको मृत्यु मंगलबार, फागुन १५, २०८० झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ? मंगलबार, फागुन १५, २०८० कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष मृत्यु भयो। कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ। टीकापुरको एकतानगर बस्तीमा बस्ने उनको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो। श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राखेकी छन्। क छोरी आफूसँग छिन्। उनलाई खर्च जुटाउन...
बाजुरामा चामल खरिद र ढुवानी समयमै गर्न दबाब मंगलबार, फागुन १५, २०८० बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा भएको सर्वपक्षीय बैठकले खाद्यान्नको आपूर्ति र वितरणलाई व्यवस्थित पार्ने निर्णय गरेको हो। बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न...
-1708922853.jpg)
मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन पुगे प्रहरी मंगलबार, फागुन १५, २०८० काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन्। पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुलाचौरमा बसिरहेका छन् । त्यहाँ बसेर धर्ना र विरोधका कार्यक्रम गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै...
-1708922852.jpg)
नाङ्गो पैतालाले मार्च गर्दै मिटरब्याज पीडित मंगलबार, फागुन १५, २०८० पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ २३ दिनसम्म पैदलमार्च गरेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरूले मंगलबार ‘नाङ्गो पैताला मार्च’ गर्दैछन्। मिटरब्याजी साहुहरूबाट आफूहरूमाथि भएको अन्यायविरुद्ध संघर्षमा उत्रिएका उनीहरूले न्याय पाउनुपर्ने माग गर्दै पैदल मार्च गरे भने अहिले सडक संघर्ष र विभिन्न विरोधका कार्यक्रम गरिरहेका छन्। मिटरब्याज ठगीविरुद्ध मजदुर किसान संघर्ष समितिका अध्यक्ष...

अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिस्ठानमा मंगलबार, फागुन १५, २०८० भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ। आचार्यको पार्थिव शरीर बिहान ९ बजेपछि प्रतिस्ठानमा राखिने छ। अन्तिम श्रद्धाञ्जली दिन प्रतिष्ठानमा गीतसङ्गीत क्षेत्रका हस्ती तथा कलाकारसहितको उपस्थिति हुनेछ। आचार्यको सोमबार अपराह्न निधन भएको थियो। लामो...

खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार थालियो मंगलबार, फागुन १५, २०८० खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ।मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो। उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, फागुन १५, २०८०