News Griha :: न्यूजगृह
जहाज खरिद प्रक्रिया शतप्रतिशत त्रुटिरहित र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन
जहाज खरिद प्रक्रिया शतप्रतिशत त्रुटिरहित र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ जहाज खरिद प्रक्रिया शतप्रतिशत पारदर्शी ढंगले अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।   आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त  ब्रिफिङका क्रममा उनले कुनै पनि त्रुटि र विवाद नहुने गरी जहाज खरिद प्रक्रिया अघि...
रेडिओ पाउँदा फुरुङग
रेडिओ पाउँदा फुरुङग सुनुवार सूचना तथा देश विदेशका खबर सहजै थाहा पाउनका लागि रेडियो उपलब्ध गराएको भन्दै हतार हतार गरेर घरतिर लागे । १० वर्षदेखि पुरानो रेडिओ बिग्रिएर दुनियाँबाट बेखबर बनेका उनी रेडिओ सुन्ने हतारोमा देखिन्थे । उनले अब रेडिओमा आउने बिभिन्न कार्यक्रम तथा समाचार सुनेर बसिबियाँलो गर्ने बताए ।
कवाडी सङ्कलनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सहज, कवाडीबाट दैनिक ३० लाखको आम्दानी
कवाडी सङ्कलनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सहज, कवाडीबाट दैनिक ३० लाखको आम्दानी सङ्घीय राजधानी काठमाडौं उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहोर निस्कन्छ । यहाँ फोहोर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ ।
सहकारीको कार्यक्षेत्र विस्तारका लागि एक करोड घुस, पत्रकारसमेत जोडिएको घटनाका आरोपित फरार
सहकारीको कार्यक्षेत्र विस्तारका लागि एक करोड घुस, पत्रकारसमेत जोडिएको घटनाका आरोपित फरार पोखरा नयाँबजारस्थित मित्र मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गण्डकीका तत्कालीन सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार उद्योगको बिजुली काटियो
डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार उद्योगको बिजुली काटियो नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरूमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ ।जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
को होला दोस्रो वर्षको प्रधानमन्त्री? 
को होला दोस्रो वर्षको प्रधानमन्त्री?  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति हुन आफैँले नदिएर धोका दिएको सार्वजनिकरूप मै स्वीकारेका प्रचण्डले राजनीतिको पहिलो धोका आफैँलाई अफापसिद्ध भएको निष्कर्ष निकाल्ने गरेका छन् । त्यसैगरी छिमेकी देश भारतलाई चिढ्याएको र सेना प्रमुख चलाएको विषयलाई पनि उनले आफैँलाई धोका दिएको ठान्ने गरेका छन् । प्रचण्ड राजनीतिक अवसर छिन्न...
इनरुवामा बन्यो ढल्केबरपछिको दोस्रो ठूलो विद्युत सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन
इनरुवामा बन्यो ढल्केबरपछिको दोस्रो ठूलो विद्युत सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन भोक्राहा नरसिंह गाउँपालिका– ४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित सबस्टेसनको उद्घाटन गरेका हुन् । ढल्केबरपछिको यो दोस्रो ठूलो सबस्टेसन हो ।
झीं गाउँमा आयातित मदिरा निषेध
झीं गाउँमा आयातित मदिरा निषेध म्याग्दीको रघुगङ्गा गाउँपालिका– ५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
ढिके नुनबाट टाढिँदै बझाङी
ढिके नुनबाट टाढिँदै बझाङी साइपाल गाउँपालिका– ४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् ।
साढे ४ अर्बमा खरिद गरिएका चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर
साढे ४ अर्बमा खरिद गरिएका चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर प्राविधिक रूपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउण्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कवाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो ।
कर तिर्नुको साटो वर्ल्डलिंकले प्रधानमन्त्रीलाई पठायो धम्कीपूर्ण पत्र, इन्टरनेट सेवा ठप्प पार्ने चेतावनी
कर तिर्नुको साटो वर्ल्डलिंकले प्रधानमन्त्रीलाई पठायो धम्कीपूर्ण पत्र, इन्टरनेट सेवा ठप्प पार्ने चेतावनी वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले गत मंसिर १८ गते प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै विदेशबाट ब्याण्डविथ ल्याएबापतको रकम भुक्तानी गर्न विदेशी मुद्रा सटही अनुमति नपाए सेना प्रहरीलगायत सबै सरकारी निकाय र ८ लाखभन्दा बढी ग्राहकको इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको रहस्य खुलेको हो । 
काठमाडौंका मुख्य पाँच स्थल निषेधित क्षेत्र
काठमाडौंका मुख्य पाँच स्थल निषेधित क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद् भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।
Weather Update