एमालेले संसद् अवरुद्ध नगर्ने, प्रधानमन्त्रीले स्पष्टीकरण दिनेआइतबार, असार २४, २०८०

प्रतिनिधि सभाको बैठक ३ बजेलाई सर्यो आइतबार, असार २४, २०८० आइतबार दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको बैठक बसेको थियो।

कोशी प्रदेशका तीन मन्त्रीले लिए शपथ आइतबार, असार २४, २०८० प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्री जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई सपथ गराएका हुन् । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ ।

राष्ट्रिय सभाको बैठक स्थगित आइतबार, असार २४, २०८० गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ ।

सदन खुलाउन शीर्ष नेताहरू छलफलमा आइतबार, असार २४, २०८० संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ ।

एमालेद्धारा राष्ट्रिय सभाको बैठक अवरुद्ध आइतबार, असार २४, २०८० प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा आइतबार, असार २४, २०८० उक्त रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । कार्की नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

आजपनि एमालेले सदन चल्न नदिने आइतबार, असार २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधबारबाट नेकपा एमालेले संसद् अवरोध गर्दै उनको राजीनामा माग्दै आएको एमालेले आइतबारको बैठक पनि अवरुद्ध गर्ने योजना छ ।

कोशी प्रदेशमा प्रचण्डका कान्छा ज्वाइँ पुनः मन्त्री, आज शपथ लिँदै आइतबार, असार २४, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची आइतबार, असार २४, २०८० संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा नेपाल विश्वविद्यालय विधेयक—२०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ ।
![विवाद समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे [भिडिओ]](https://mail.newsgriha.com/uploads/posts/520X390/devraj ghimire1688825286.jpg)
विवाद समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे [भिडिओ] शनिबार, असार २३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय सरदार प्रितम सिंहका विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको भन्दै न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संसद्मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्लाई गति दिन उचित हुने बताएका हुन् ।

समाजवादी मोर्चाद्वारा चार सदस्यीय कार्यदल गठन, सातै प्रदेशमा कार्यक्रम गर्ने शनिबार, असार २३, २०८० एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बसेको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेको कार्यदल गठन गरेको मोर्चाका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्यो : राजेन्द्र पाण्डे शनिबार, असार २३, २०८० शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले एमालेले प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको दाबी गरे । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए ।









